संसारकै अनौठो परिवार : ५० वर्षे बावु, जसले आफ्नै छोरीका प्रेमीसँग बिवाह गरेर जुम्ल्याहा बच्चा जन्माउँदैछन्

एजेन्सी । संसारमा मानिसलाइ आश्चर्य तुल्याउने अनेक घटना हुन्छन् । मानिसहरुको चाहना यसरी परिस्कृत हुँदैछ की त्यसले विश्वलाई नै आश्चर्य परेको हुन्छ । हालै लण्डनमा रहेको एक परिवारलाई विश्वका मिडियाले अनौठो परिवार भनेर प्राथमिकता दिएका छन् । उनीहरुका रमाइला कुराहरु सार्वजनिक भएका छन् ।

वास्तवमा त्यो परिवार विश्वका कतिपय मुलुकम बहिस्करणमा पर्दैआएको तेस्रोलिंगी परिवार हो । जसमा एक ५२ वर्षीय प्रोढ आफ्ना छोरीकै पूर्व प्रेमीसंग घर बसाउने तयारीमा छन् । त्यती मात्र होइन उनीहरु जुम्ल्याहा छोरीको अभिभावक बन्ने योजनामा पनि छन् । अझ रोचक कुरा त के भने ति ५२ वर्षका प्रोढका पूर्व पति र नयाँ पति सहित एकै परिवार र एकै छानामुनी बस्छन् ।

बेलायती गे बावु, जसले आफ्नो पतिसँग ३२ वर्षे सम्बन्ध विच्छेद गरेर आफ्नै छोरीका पूर्वप्रेमीसँग बच्चा जन्माउने योजना बनाएका हुन् । उनको नाम बेरी ड्रेविट बर्लो हो । उनी आफ्नै छोरीका पूर्व प्रेमी २५ वर्षीय स्कट हचिसनसंगको गहिरो प्रेममा छन् । बेरीका पूर्व पति हुन् ५५ वर्षीय टोनी । ति तिन जना एउटै छानामुनी बसेका छन् । तर पनि उनीहरुको सम्बन्धमा कुनै समस्या छैन ।

उनीहरु संसारका लागि उदाहरणीय परिवार बन्न चाहन्छन् । बेरीले आफ्ना पूर्व पतिसंग अब सम्बन्ध विच्छेद गर्ने तयारीमा छन् । साथै बेरी आफ्ना पूर्वपति र नयाँ जोडी स्कटसँगै अमेरिकामा एक विलाशी निवासमा बस्न थालेका छन् ।

बेरी र उनका पूर्वपति ५५ वर्षीय टोनी बेलायतमा औपचारिक रुपमा अभिभावकको परिचयपत्र पाउने पहिलो सेमसेक्स जोडी बनेका थिए । उनीहरु कानूनी रुपमै १९९९ मा अभिभावक बनेका हुन् । तर बेरी र २५ वर्षीय स्कटको प्रेम सम्बन्धले उनीहरुको परिवारमा नयाँ मोड आएको छ । स्कटको छोरीको नाम बेरी हुन् भने उनको उमेर १९ वर्ष छ ।

आफूहरुको सम्बन्ध र परिवारमा कुनै गोपनीयता र नकारात्मक भावना नहोस् भन्ने चाहेको बताउँछन् बेरी । उनीहरु अपरम्परागत तरिकाले बसालेको यो परिवारमा आफ्ना सन्तानको स्थायी घर होस् भन्ने चाहेका छन् । उनीहरुलाई यो सम्बन्धले कुनै समस्या पारेको छैन यदि अरुलाई अचम्म लाग्छ भने त्यो आफुहरुको समस्या नभएको उनको तर्क छ । बेरीले भने ‘यदी मानिसहरुले अचम्म ठाने भने ठीकै छ, त्यो उनीहरुकै समस्या हो ।’ गत साता मात्रै बेरीले आफ्ना नयाँ पार्टनर स्कटसँग डेट गरेका छन् । उनीहरुले आफ्नो सम्बन्धका बारेमा बताउँदै तस्बिर पनि सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *