‘सैनिक’ले अन्धाधुन्ध गो’ली चलाउँदा कम्तीमा १२ सर्वसाधारणको मृत्यु,गो’लि चलाएपछि सेल्फी खिचेर फोटो सामाजिक सञ्जालमा पोष्ट समेत गरे

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गो’ली च’लाउँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आ’क्रमण’कारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित ह’तियार ‘हु’म्वी’ चो’रेर शहर पसेको र अन्धाधुन्ध गो’ली च’लाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आ’क्रमण’कारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गो’ली च’लाएको प्रहरीले जनाएको बताइएको छ ।आ’क्रमण’कारी भनिएका ती सैनिकले आ’क्रम’णको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

यो पनि समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ: मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकार पनि लाग्नुपर्ने बताउनुभएको छ । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारलाई प्रथमिकता दिन अनुरोध गर्नुभयो ।

प्रेस सङ्गठन, नेपालको वाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीको शपथग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा आज बोल्दै उहाँले सञ्चारमाध्यमले नकारात्मकता प्रवाह गरेर नागरिकमा नैराश्यता पैदा गराइदिनु नहुने बताउनुभयो । पत्रकारले सरकारका राम्रा कामका बारेमा

जनतालाई सुसूचित गराउनुपर्ने बताउँदै उहाँले पत्रकारहरु आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राख्नुभयो । उहाँले अवस्थाअनुसार नेतृत्व अलग हुने गरे पनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकाले सरकारप्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रियता कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारप्रति सकारात्मक भैदिन अनुरोध गर्नुभयो ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखिहाले पनि नराम्रो गरी नै प्रस्तुतिकरण गर्ने गरेको देखिएकोले त्यसले कसैलाई पनि राम्रो नगर्ने उहाँको भनाइ थियो । “हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारका लागि प्रदेशले धरै कुरा गर्न चाहेको भए पनि नसकिरहेको बताउनुभयो । उहाँले देशको ‘मेकानिज्म’ नै परिर्वतनको बाधक भएको बताउनुभयो । उहाँले व्यवस्था बदलिएर पनि कसैलाई

केही फरक नपरेको बताउनुभयो । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजवाद नआउने बताउँदै काम गरे मात्र परिवर्तन हुने उल्लेख गर्नुभयो । विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौँ भन्ने मूल्याङ्कन गरिनुपर्ने उहाँको भनाइ थियो । वर्तमान व्यवस्था यथास्थितिवादीहरुको नदेखिँदो घेराबन्दीमा रहेको बताउँदै त्यो तोड्न पत्रकार लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस सङ्गठनका सदस्यले उत्पीडनका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो उहाँले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो उहाँले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्वसेन्टर वा पूर्वचौतारीका बीचमा कुनै पनि भिन्नता नराखी काम गर्न निर्देशन दिनुभयो ।

प्रेस सङ्गठन नेपालका सहइन्चार्ज ओम शर्माले खोजी पत्रकारितामा लाग्न सङ्गठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गर्नुभयो ।कार्यक्रममा तत्कालीन प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस सङ्गठनमा आबद्ध पत्रकारलाई ‘पेडन्यूज’ र ‘फेकन्यूज’ बाट अलग रहेर जिम्मेवार पत्रकारका रूपमा काम गर्न अनुरोध गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *