यसकारण आज सार्बजनिक बिदा

झापा / झापाका चार स्थानीय तहले आज सार्वजनिक विदा दिएका छन् । महाभारतकालीन इतिहाससंग जोडिएको स्थल किच्चकबधमा धार्मिक मेला लाग्ने भएपछि भद्रपुर नगरपालिका सहित हल्दिवारी र कचनकवल गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । यता वाह्रदशी गाउँपालिकलो समेत ऐतिहासिक महत्व बोकेको लक्ष्मीथानमा मेला लाग्ने जनाउँदै सार्वजनिक विदा दिएको हो । ‘कि.च्चक।बध’भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्गसँग जोडिएको यो स्थान भद्रपुर नगरपालिका – २ र ३ को सिमानामा पर्छ ।

महाभारतकालीन इतिहास अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्दथे । जसको किच्चक नामको सेनापति थियो । किच्चक विराटको सालो भए पनि शक्तिशाली तर, दुराचारी थिए । विराट राजाको दरवारमा पाण्डवहरू विभिन्न छद्म नामले गुप्तबास बसेको समयमा दौपदी माथि किच्चकले कुदृष्टि राखेको र किच्चकबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबैभन्दा बलशाली भीमसेनले किच्चकको बध इतिहास रहेको छ ।

भिमसेनले किच्चकको ब,ध गर्न ल,खे,ट्दा, अर्जुनधारा धाम, विराट पोखर हुँदै किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको मु,क्का प्र.हा,र गर्दै घाँटी थिचेर बध गरेको पौराणिक इतिहास छ । अलिले पनि किच्चकबधमाा भिनसेनले किच्चलाई मु,क,का प्र,हा,र गर्दै बध गरिएको सालिक रहेको छ । यो सालिक आन्तरिक तथा वाह्रय पर्यटकका लागि प्रमुख आर्कषको केन्द्र बनेको छ ।

तत्कालीन पृथ्वीनगर–५ र महेशपुर गाविस –३ को सीमामा पर्ने किच्चकबधमा भीमसेनले किच्चकको बध गरेलगत्तै रगत पखाल्न बनााएको पोखरी छ । भिमसेनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भएको किम्वदन्ती छ । डाँडामा भिमसेनले किच्चकलाई बध गरेको सालिक छ भने त्यही नजिकै भिमसेनले हानेको वाण लागेर बनिएको पोखरी छ । जुन पोखरीमा नुहाए रोग व्याध नलाग्ने मान्यता रहिआएको छ । जसका कारण माघे शुल्क पूर्णिमाका दिन त्यस स्थानमा स्वस्थानी ब्रतकथाको समापनसंगै मेला लाग्ने गरेको छ । यो वर्षपनि आज किच्चकबधमाम मेला लागेको छ ।

किच्चकबध क्षेत्रमा पुरातात्विक विभागले उत्खनन् समेत गरेको छ । पटक– पटक उत्खनन् हुँदा यहाँ ऐतिहासिक तथा पौराणिक महत्व बोकेका अनेकौं सामग्रीहरु फेला परेका छन् । उत्खननकै क्रममा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति समेत फेला परेको थियो भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ ।

किच्चकवधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामाग्री फेला परेको कारण त्यहा एउट सभ्यताको विनासपछि अर्को सभ्यताको विकास भएको अनुमान गर्न सकिन्छ । त्यस अघिको उत्खनन् कार्यबाट सात मिटर अग्लो १२३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए ।

झापाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किच्चकबध रहेको छ । महाभारतकालीन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू अहिलेपनि सुरक्षित छन् । त्यहाँ षट्कोणको आकारमा रहेको आकर्षक पोखरी अहिले पनि देख्न सकिन्छ । त्यसको छेउबाट देवनीया नदी, बगेको छ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ ।

महाभारतकालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ । वरिपरि गहिरो भुभाग रहेको किचकवधको १० बिगाहा मध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालिन गढ जस्तो डाँडाको रुपमा रहेको छ । पुरातत्व विभागको चरण चरणको उत्खननबाट विभिन्न संरचना तथा सामाग्रीहरू पाइएका छन् । उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि २ स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरूको प्रयोगशाला परीक्षणबाट करिब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणित भएको जानकारी गराइएको छ ।

हिन्दू धर्मको महानग्रन्थ महाभारतमा उल्लेखित प्रसंगसँग जोडिएको कारणले नै धार्मिक रूपमा यसलाई महत्वपूर्ण स्थानका रुपमा हेरिएको छ । किचकवध परिसरको पूर्व तर्फ विष्णुपादुका तथा मातातीर्थ मन्दिरको निर्माण गरिएको छ । पितृ श्राद्धका लागि निर्माण गरिएको यो मन्दिरका कारणले किच्चकवधको महत्व झनै बढ्दै गएको छ ।

यता वाह्रदशी गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिएको छ । वाह्रदशी गाउँपालिका – १ मा ऐतिहासिक लक्ष्मीस्थान मन्दिर रहेको र सो मन्दिरमा माघ शुक्ल पूर्णिमाका दिन मेला लाग्ने भएकाले गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।चारकोसे जंगल भित्र एक विगाह क्षेत्रफलमा फैलिएको लक्ष्मीस्थान मन्दिर बि.स २०३१ सालमा स्थानीय अमृतलाल राजवंशीले गाईबस्तु चराउने क्रममा भगवान लक्ष्मी प्रत्यक्ष प्रकट भएको र सोही समयदेखि सो स्थानमा वाह्रैमास पानी जमेको देखेको हँुदा यसको विशेष महत्व रहेको पाईन्छ । राजवंशीले त्यस पश्चात सो स्थानमा मन्दिर निर्माण गरिदिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *