चलचित्रमा फर्कंदै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी पछिल्लो तीन वर्षदेखि चलचित्रबाट टाढा छिन् । तीन वर्ष अघि क्रिकेटर शरद भेसवाकरसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि उनी चलचित्रबाट टाढा भएकी हुन् ।गत वर्ष अमेरिकामा सुत्केरी भएकी निशाले अब आफू चलचित्रमा फर्कने तयारीमा जुटेको बताएकी छन् । बुधबार बेलुका काठमाडौंमा नयाँ चलचित्र सेल्फी किङको प्रिमियर सोमा पुगेकी निशालाई फिल्ममा कहिले फर्कने भन्ने प्रश्नमा उनले चाँडै चलचित्रमा फर्कने तयारीमा रहेको बताएकी हुन् ।

चलिचत्रमा आउने बारे उनले चलचित्र सेल्फी किङको प्रिमियर सोमा भनिन्,‘छोरा २१ महिनाको भयो । अब चाँडै नै उसलाई स्कुल पठाउने योजना छ ।’ त्यसपछि आफू चलचित्रमा फर्कने उनले बताइन्,‘तर चलचित्रमा फर्कन केही समय लाग्छ । नायिकाकै रूपमा फर्कने भएकाले केही तयारी पनि गर्नुपर्छ ।’ उनी चलचित्रमा फर्कने भनेपछि अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मालगायतले पनि उनलाई चलचित्रमा

आउन शुभेच्छा दिएका छन् ।यसरी उनी नायिकाकै रूपमा चलचित्रमा फर्कने तयारीमा छिन् । आफ्नो अहिले केही मोटाएको भए पनि आफू फिटनेसमा जोडिएर शारीरिक रूपमा फिट हुने तयारीमा उनी छिन् । नायिकाका रूपमा चलचित्रमा आउन यी अभिनेत्री फिटनेस सेन्टरमा पनि जोडिँदै छिन् । त्यसो त उनी

त्यति धेरै मोटो पनि देखिएकी छैनन् । चाँडै उनले आफूलाई फिटनेसमार्फत शारीरिक रूपमा फिट राख्नेछिन् ।यस अघि अभिनेत्री करिश्मा मानन्धरदेखि थुप्रै नायिका आमा बनिसकेपछि चलचित्रमा फर्किएका छन् । त्यसैले अभिनेत्री निशा अधिकारी पनि फिल्ममा फर्कने तयारीमा लागेकी हुन् ।एक दशकअघि फिल्म ‘मिसन पैसा’ बाट नायिकाका रूपमा नेपाली चलचित्रमा आएकी निशाले यो

अवधिमा डेढ दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो फिल्म ‘कुम्भ करण’ हो । यो फिल्म गत वर्ष रिलिज भएको हो । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेपछि उनी चलचित्र अभिनयबाट एकाएक हराएकी हुन् । केही समय अमेरिका बसेकी उनले छोरा पनि

अमेरिकामा जन्माएकी हुन् । उनी छोरासँगै उतै बस्छिन् भन्ने धेरैको अनुमान थियो । तर, उनी नेपाल फर्किइन् ।चलचित्र अभिनयसँगै उनी फिल्म निर्माणको पनि योजनामा छिन् । चार वर्ष फिल्म चलचित्र झ्यानाकुटी निर्माण गरेकी निशा अधिकारी चलचित्रमा अभिनय र निर्माणसँगै टेलिभिजन कार्यक्रममा जोडिने तयारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *