बाँकेको अगैयामा पिकनिक खान गएका व्यवसायी वे’पत्ता, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

नेपालगन्ज, २६ माघ । पिकनिक खान गएका एक ब्यापारी वे प त्ता भएपछि दुई दिन देखि खोजी जारी राखिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैया स्थित राप्ती नदि किनारमा पिकनिक खान गएका एक व्यवसायी वे प त्ता भएका हुन् । अगैया बजारको नजिकै रहेको रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएका थिए । उनी कतिबेला कसरी बे प त्ता भएका हुन् भन्ने खुल्न सकेको छैन । उनी नदिमै बे प त्ता भएको हुनसक्ने भन्दै खोजी जारी राखिएको छ । तर अहिले सम्म उनी फेला परेका छैनन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले पिकनिक खान गएको समुहका एक सदस्य हराएको भन्ने खबर आएको पुष्टी भएको भए पनि अहिले सम्म फेला पर्न नसकेको जनाए ।‘एकजना हराएको भन्ने खबर पाएलगत्तै खोजीका लागि सबै सुरक्षा निकायहरु परिचालन भएका छन्’ उनले भने, ‘नदीमा डुवेका हुन् की कतै गएका हुन पत्तो लागेको छैन ।

अगैयामा रहेका पत्रकार हेमन्त चौधरीले दुई दिन देखि खोजी जारीराखेको बताएका छन् । हेमन्तले स्थानीय व्यवसायी शिव शर्मा हराइरहेको जानकारी दिएका छन् । ४२ वर्षिय शर्मा नदीमा डु बेर हराएको हुनसक्ने आशंकामा नदीमा समेत खोजी कार्य तिव्र पारिएको उनले बताए । अहिले त्यहाँ सुरक्षाकर्मी र स्थानीयहरुको ठुलो भि ड लागेको छ । दिउँसो सवा दुई बजेदेखि हराइरहेका व्यवसायी शर्मा साँझ ५ बजेसम्म नभेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *