हिजोदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ , भिडियोमा एक युवतीलाई अपशब्दमा गाली गर्दै २,४ जना युवतीहरुले कुटपिट गरेको देखिन्छ ।
भिडियो कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन तर, उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा एक स्टाटस् भाइरल हुँदैछ ।
भिडियोमा कुटाइ खाने युवतीको आमाको संदेश भनेर भाइरल भइरहेको लेख यस्तो छ :यो भिडियो देखेपछि नानीको आमाले मलाई अहिले म्यासेन्जर मा कल गर्नुभयो र भन्नु भयो ।त्यो भिडियो मा कुटाई खाने मेरी छोरी हो!म झसंभए
नानी माघ ४ गते बसुन्धारा धापासी बाट घर बाट हराएकी रहेछिन्!छोरी हराएको खबर प्रहरी फेसबुक मा दिनुभएको रहेछ!छोरी हराएको महिना भएपछि आज यो भिडियो देखेपछि छोरीलाई भेट्ने आशा पलाएर आएको छ!
यो भिडियो कहा कुन ठाउबाट अपलोड गरिएको हो अहिलेसम्म सम्म थाहा छैन!कृपया यो जानकारी लाई सक्दो सेयर गरेर यो भिडियो कहाको हो खोज्न मद्दत गर्नु होला!हामी पनि प्रयास गर्ने छौ!उनकी आमाले जसरी भएपनि मेरो छोरी कहा छे भन्दिनुपर्यो भन्नु भएको छ! नाम:-कल्पना चौधरी उमेर:-१६