केजीएफ च्याप्टर २ मा रविना टंडनको इन्ट्री

काठमाडौं। कन्नड फिल्म केजीएफ च्याप्टर २ मा संजय दत्तपछि रविना टंडनको इन्ट्री भएको छ । यो फिल्ममा रविनाले प्रधानमन्त्री रमिका सेनको भूमिका निभाउनेछिन् जसले डेथ वारेन्ट जारी गर्छिन् । फिल्मको निर्देशन प्रशान्त नीलले गर्दैछन् । फिल्म जुलाइ २०२० मा रिलिज हुने सम्भावना छ ।

रविनालाई गत वर्ष रिलिज भएको फिल्म ‘खानदानी शफाखाना’मा विशेष भूमिकामा देखिएको थियो । यसअघि २०१५ मा उनले बाम्बे भेल्भेटबाट कमब्याक गरेकी थिइन् । त्यसपछि २०१७ मा उनका मातृ, हनुमान द दमदार र शब गरी तीन फिल्म आए । यसका अलावा उनी टेलिभिजन रियालिटी शोमा जजको रुपमा रहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *