एजेन्सी, २६ माघ । बलिउड अभिनेता शाहरुख खानका कान्छा छोरा अब्रामले तेक्वान्दोमा गोल्ड मेडल जितेको भन्दै शाहरुखले सामाजिक संजालमार्फत खुशी व्यक्त गरेका छन् ।आफ्ना कान्छा छोरा अब्रामले तेक्वान्दोमा गोल्ड मेडल जितेपछि खानले खुशी व्यक्त गदै मेडल जितेको
भन्दै इन्स्टाग्राममा तस्बिर शेयर गरेका हुन् ।उनले इन्स्टाग्राममा छोराको तस्विर शेयर गदै ‘मलाई लाग्छ, म भन्दा मेरा केटाकेटीसँग बढी अवार्ड छन्,’ उनले लेखेका छन् । छोराले मेरो गौरवान्वित र प्रेरित भएको पनि बताएका छन् । उक्त तस्विरमा धेरै फ्यानले बधाई दिंदै कमेन्ट गरेका छन् ।
यो पनि बेलायतकी राजकुमारी बिट्राइसले इटलीका व्यापारीसँग बिहे गर्ने बकिंघम प्यालेसको उद्घोष
एजेन्सी, २६ माघ । महारानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बिट्राइसले इटलीका व्यापारी एडवर्ड मापेली मोजीसँग बिहे गर्न लागेको बकिंघम प्यालेसले यसको जानकारी दिएको छ ।बकिंघम प्यालेसले बताएअनुसार राजकुमारी बिट्राइसको बिहे २९ मेमा हुनेछ । विवाह कार्यक्रम सेन्ट जेम्स प्यालेसको च्यापल रोयलमा हुनेछ । बिट्राइस र मापेलीले मिलेर यो ठाउँ रोजेका हुन् ।पछि बकिंघम प्यालेसमा एक
रिसेप्सन हुनेछ जसको आयोजना महारानी स्वयंले गर्नेछिन् । ड्युक अफ योर्क र डचेस अफ योर्ककी ३१ वर्षीय छोरी राजकुमारी बिट्राइसले गएको सेप्टेम्बरमा इटलीमा आफ्ना ब्वाइफ्रेण्डसँग इंगेजमेन्ट गरेकी थिइन् ।बिट्राइसकी दिदीको बिहे २०१८ मा आइटिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो तर अहिलेको समारोह प्रसारण गर्ने कुनै योजना नभएको बकिंघम प्यालेसले जनाएको छ ।