फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । देश संघीयतामा गएपछि स्थानीय तहले आवश्यक्ता अनुसार विदा दिदैं आएका छन् । केन्द्र सरकारले विभिन्न विदा कटौती गरिरहेका बेला स्थानीय तहले भने बिदा थपिरहेका छन् । कालिकोटको पलाँता गाउँपालिकाले जनयु’द्ध दिवसको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।शनिबार (माघ २५ गते)बसेको गाउँपालिकाको बैठकले जनयु’द्ध दिवसका दिन (फागुन १) सार्वजनिक बिदा दिने निर्णय गरेको पलाँता गाउँपालिकाले जानकारी दिएको छ ।

फागुन १ गते तत्कालीन माओवादीले यु’द्ध गरेको दिन, जसलाई जनयु’द्ध दिवसको रुपमा माओवादी तथा पूर्वमाओवादीका नेताहरुले मनाउँदै आएका छन् ।२५औं जनयु’द्ध दिवसको अवसरमा गाउँपालिकाले शहीदको सम्झना र उनीहरुको सम्मानका लागि र गाउँपालिकामा खेलकुदसहितका कार्यक्रम गरिएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यो पनि वेस्टर्न युनियनको उपभोक्ता प्रबद्र्धन अफर अन्तर्गतको बम्पर लक्की ड्र विजेता घोषणा

काठमाडौं, २६ माघ – वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ ।

यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ । “म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु ।

म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन् । यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई पूरा गर्न निरन्तर समाधान प्रदान गर्न प्रत्सोहान गर्दछ, वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भन्नुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *