सलमान खानलाई विवाह गर्न सुझाव

काठमाडौँ, २७ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानलाई गायक अदनान स्वामीले विवाहको सल्लाह दिएका छन् । सलमान खान हालसम्म पनि अविवाहित रहेका छन् । उनीसँगै काम गरेका अन्य साथीहरुले सन्तानहरुले फिल्ममा डेब्यु गरेर पनि चर्चा कमाइसकेका छन् ।

तर, सलमान खानले अझै पनि विवाहको सुरसार गरेका छन् ।अदनान स्वामीले सलमान खानलाई विवाह गर्न सल्लाह दिएका छन् ।बिग बोसको सेटमा पुगेका उनले सलामन खानलाई विवाह गर्न भनेपछि हाँसोको लहर चलेको थियो । आफुले तीनपटक सम्म विवाह गरेको र सलमान खानलाई पनि विवाह गर्न सुझाव दिएका हुन् ।

यो पनि हलिउड अभिनेता ब्राड पिटले ओस्कार अवार्ड जिते

काठमाडौँ, २७ माघ । हलिउड अभिनेता ब्राड पिटले ओस्कार अवार्ड जित्न सफल भएका छन् । गएको वर्ष रिलिज भएको फिल्म ‘वन्स अपअन अ टाइम इन हलिउड’ बाट नोमिनीमा परेका उनले अवार्ड जित्न सफिल भएका हुन् ।

यस फिल्मलाई क्वेन्टिन टारेन्टिनोको निर्देशनमा बनाइएको हो । यस फिल्ममा विशेष भुमिकामा देखिएका उनले ओस्कार अवार्ड जित्न सफल भएका हुन् ।अमेरिकामा भएको ओस्कार अवार्ड समारोहमा उनले सहअभिनेताको अवार्ड हात पारेका हुन् ।सन् २०१४ मा ‘१२ इयर्स अ स्लेभ’ मा निर्माताका रुपमा उनले अवार्ड जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *