काठमाडौं । अहिले निकै नै चर्चामा रहेको ललिता निवास जग्गा प्रकरणको विवाद सेलाउने देखिएको छैन । अख्तियारले एकपक्ष रुपमा गरेको कारबाही मान्य नहुने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगातार विरोध गर्दै आइरहेको छ । यसमा मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालको बालाजुस्थित घरमा माघ १ गते बेलुका ब’म वि’स्फोट भएको थियो ।
वि’स्फोटबाट पार्किङ गरेको कार र गेटमा क्षति पुगेको थियो। कुनै मानवीय क्षति भने भएको थिएन । यस घटनामा संलग्न भएको भन्दै प्रहरीले चन्द समूहका नेतासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा स्थायी ठेगाना गोर्खा भएका कपिल भट्ट पनि रहेका छन् ।
भट्ट गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले बताएको छ । त्यस्तै, पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर भइ हाल भैसेपाटी बस्ने राजकुमार मगर रहेका छन् ।
महाशाखाको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । उनीहरूबारे महानगरीय प्रहरी परिसरबाट समेत थप अनुसन्धान भइरहेको जनाइएको छ । नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यो सँगै गच्छदारको सांसद पद पनि चैट भएको छ । यस प्रकरणमा धेरै चर्चामा रहेका नेकपा महासचिव विष्णु पौडेल, पुर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल लगायत केही दोषिहरुमाथि कारबाही नथालेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।