कसले फा,ल्यो जेब्रा झोलामा हालेर एयरपोर्टमा शिशु

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको सममार्गस्थित झाडीमा एक शिशु मृत अवस्थामा भेटिएका छन् ।उक्त शिशु जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । जेब्रा झोलाभित्र हालेर उक्त शिशु (बालिका) कसले किन फाल्यो भन्ने पुष्टि भइसकेको छैन ।

उक्त शिशु भर्खरै जन्माएर फालिएको हो मृ,त भएपछि फालिएको भन्ने टुंगो लागिनसकेको प्रहरीले जनाएको छ । उक्त शिशुको श,व पो,ष्ट,मा,र्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरेको छ ।घटनाकाबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बहसमा सेना-४ : भू–राजनीतिक तानातानमा सेना

काठमाडौं– असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण सकेर बेइजिङ फर्केको दुई सातामै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा गए। १० कात्तिकमा उनी चीनमा रहँदा काठमाडौँमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान चलिरहेको थियो।

त्यहीदिन मन्त्री पोखरेलले चीनसँग १५ करोड युआन अर्थात् २ अर्ब ५३ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको सैन्य सहयोगको समझदारी गरे। साताव्यापी चीन भ्रमणमा गएका उनले चिनियाँ समकक्षी स्टेट काउन्सिलर जनरल वेई फेङ्हेसँग सैन्य समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। भ्रमणका क्रममा पोखरेलले चीनका केन्द्रीय सैन्य आयोग उपाध्यक्ष सु छियालिङसँग पनि भेटवार्ता गरेका थिए। सैन्य आयोगकोे अध्यक्ष राष्ट्रपति सी आफैँ छन्। चीनले नेपाली सेनामाथि गरेको यो सहयोग अहिलेसम्मकै ठूलो हो।

मंसिर तेस्रो साता इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री र्‍यान्डल स्क्राइबर नेपाल आएर उच्चस्तरीय भेटवार्ता गरे। भ्रमणकै क्रममा उनले पहिल्यै नेपाललाई दिने वाचा गरिएको अमेरिकाका दुईवटा स्काइ ट्रक पाउने घोषणा गरे। उनी स्वदेश फर्किए। २ पुसमा उनले भनेअनुसारै नेपालस्थित अमेरिकी दूतावासले दुई स्काइ ट्रक सेनालाई हस्तान्तरण गर्‍यो। यो पनि अमेरिकाले हालसम्म नेपाललाई दिएकोभन्दा ठूलो सैन्य सहयोग हो। सहयोगको पहिलो चरणअन्तर्गत नेपालले दुईवटा स्काइ ट्रक पायो। नेपालले थप दुईवटा स्काइ ट्रक पाउनै बाँकी छ।

नेपाली सेनामा भारत परम्परागत प्रभुत्व भएको शक्ति हो। भारतका सेना प्रमुखलाई नेपाली सेनाका मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिन्छ। नेपाली सेनाका प्रधानसेनापति पनि त्यसैगरी भारतीय सेनाको मानार्थ सेनापति हुने प्रचलन छ। तर पनि सैन्य मामिलामा भारत नै हावी हुने गरेको छ। नेपाल–भारतबीच सन् १९६५ मा भएको सशस्त्र सहयोग सम्झौताले एक हिसाबले नेपाली सेनामा प्रभाव स्थापित गराउने बाटो खोलिदिएको हो। केही समयपछि रद्द भएको उक्त सम्झौताअनुसार नेपालले तेस्रो मुलुकबाट हतियार वा सैन्य सामग्री ल्याउँदा भारतसँग स्वीकृति लिनुपर्थ्याे।

अमेरिकी सरकारले दिएको स्काइ ट्रक नेपाली सेनालाई हस्तान्तरण समारोहमा अमेरिकी राजदूतलगायत।नेपाली सेनामाथि बढ्दो भूराजनीतिक चासो प्रष्ट्याउन यी तीन घटनाक्रम पर्याप्त छन्। यसले देखाउँछ अहिले नेपाली सेना विश्वको पहिलो सैन्य शक्ति अमेरिका, तेस्रो सैन्य शक्ति चीन र चौथो सैन्य शक्ति भारतको बढ्ता चासोको तानातानमा परिरहेको छ।अहिलेसम्म राजनीतिकरणको चरम सिकार नभएको, नेपाली राज्य संयन्त्रको भरपर्दो, बलियो र विश्वसनीय शक्ति नेपाली सेनासँग ठूला शक्ति मुलुकको सम्बन्ध बढ्नु स्वाभाविकै हो,’ कूटनीतिज्ञ डा. दिनेश भट्टराई भन्छन्, ‘हामीकहाँ छिमेकी र शक्ति राष्ट्रको परस्परविरोधी प्रतिस्पर्धा छ । एकले अर्कालाई विभिन्न प्रकृयाबाट ‘काउन्टर’ गरिरहेका छन्।’

लगानीको होड नेपाली सेनामाथि लगानी गर्ने सवालमा पनि शक्ति राष्ट्रहरूकै प्रतिष्पर्धा छ। पछिल्लो समय विश्व राजनीतिमा चर्को उपस्थिति जनाउन थालेको चीन पछिल्लो पाँच वर्षमा परम्परागत सहयोगीहरू भारत र अमेरिकालाई उछिन्दै नेपालमा सबैभन्दा बढी सैन्य सहयोग गर्ने मुलुकमा दरिएका छन्।सैन्य मुख्यालयको तथ्यांकअनुसार चीनले २०७२ यता झण्डै १२ अर्ब सैन्य सहायता गरिसकेको छ। चीनलाई पछ्याउँदै सैन्य सहायतामा दोस्रो बनेको अमेरिकाले पनि त्यसअवधि यता करिब सवा ५ अर्ब लगानी गरेको छ।

सैन्य सहयोगका रूपमा नेपालले विभिन्न मुलुकबाट हवाईजहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, हतियार, विस्फोटक पदार्थलगायतका सामान लिने गरेको छ। चीनले सैन्य सहयोगका रुपमा नेपाली सेनालाई मेडिकल सामग्री, एपीसी, टेन्ट र सञ्चारका सामग्री, ट्यांकर, ट्रक, रेडियो सेट, डुंगा, वाटर ट्यांकर, ईओडी (बम डिस्पोज) गर्ने मेसिन, इन्जिनियरका सामग्री लगायत दिने गरेको छ।चीन भ्रमणका बेला रक्षामन्त्री इश्वर पोखरेल। त्यस्तै अमेरिकाले हेभी इक्युप्मेन्ट, एक्रो ब्रिज, हम्बेय मोटरका पार्टस, जेनेरेटर, डुंगा, बम

डिस्पोजल गर्ने सामग्री र स्काई ट्रकजस्ता सैन्य सामग्रीका लागि सहयोग गर्ने गरेको छ। सन् १९६५ मा भएको सशस्त्र सहयोग सम्झौता अनुुसार नेपाललाई सैन्य सामग्री दिँदा भारतले ६० प्रतिशत अनुदान उपलब्ध गराउने गरेको छ। ती सामान खरिदमा कुल मूल्यको ६० प्रतिशत अनुदान भारतले दिने र बाँकी ४० प्रतिशत नेपालले व्यहोर्ने प्रचलन छ। त्यसैअनुसार नेपाली सेनाले पछिल्ला पाँच वर्षमा भारतबाट नाइटभिजन, ट्यांकर, हतियार, बारुद र गाडी भित्र्याएको छ। सैन्य स्रोतका अनुसार ती सामग्रीको कुल रकम नेपाल–भारत द्विपक्षीय संयुक्त बैठकमा मात्र थाहा हुन्छ। ४० प्रतिशत तिर्नुपर्ने प्रावधानअनुसार नेपालले भारतलाई करिब साढे ३ अर्ब रुपैयाँ बाँकी छ।

यसका आधारमा हेर्दा सैन्य सहायतामा भारत तेस्रो स्थानमा देखिन्छ। नेपालसँग पुरानो सम्बन्ध रहेको बेलायतले भने पछिल्लो समय सैन्य सहायतालाई स्थीर राखेको छ। विशेष पल्टनमै शक्ति राष्ट्रको प्रवेश ९६ हजार ५ सय ९९ संख्याको नेपाली सेनामा ४ पल्टनलाई विशेष फोर्सका रूपमा लिइन्छ। तर, ती चारवटै पल्टनमा विभिन्न शक्ति राष्ट्रको प्रत्यक्ष प्रभाव छ।

१२ वर्षको माओवादी सशस्त्र द्वन्द्वमा सेनाको सामथ्र्य निकै बढेको देखिन्छ। तत्कालीन विद्रोही माओवादीविरुद्ध औपचारिक रुपमा सेना परिचालन हुनुपूर्व २०५९ मा सेनाको संख्या करिब ५४ हजारमात्रै थियो। २०६० सालमा सरकारले ‘युनिफाइड कमाण्ड’ खडा गरेपछि मुलुकका अन्य सुरक्षा निकायहरू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सेनामातहत परिचालित भए।

एउटा पनि पृतना (डिभिजन) नभएका सेनाका हरेक विकास क्षेत्रमा एक–एक र राजधानीमा एक गरि ६ वटा पृतना त्यही बेला खडा गरिए। त्यति नै बेला विशेष पल्टनको पनि गठन भयो। भैरवनाथ गण, युद्धभैरव गण, सिंहनाथ गण र महावीर (रेन्जर) रेजिमेन्ट नेपाली सेनाका विशेष पल्टन हुन्, जसलाई करिब एक वर्षअघिसम्म १० नम्बर बाहिनी भनेर चिनिन्थ्यो। अहिले यसको नाम फेरेर विशेष फौज बाहिनी बनाइएको छ। चीन, अमेरिका र भारतका नजर यिनै फौजमाथि छ।

नेपाली सेनाभित्र विशेष तालिमप्राप्त दक्ष फौज मानिने विशेष फौज बाहिनीअन्तर्गतका युद्धभैरव स्पेसल फोर्स, भैरवनाथ प्यारा फोर्स, महावीर रेन्जर फोर्स र सिंहनाथ कमान्डो फोर्स हो।माओवादी विद्रोह उत्कर्षमा पुगेका बेला स्थापना भएको सिंहनाथ गणमा अहिले भारतीय प्रभाव छ। नेपाली सेनाका एक पूर्व उपरथी पछिल्ला वर्षमा यसको तालिम र विकासमा भारत हावी बताउँछन्। विगतमा माओवादी लडाकूको शिविर रहेको चितवनको शक्तिखोरमा अहिले उक्त गण छ। भारतीय सैनिक त्यहीँ आएर तालिम दिने गरेका छन्।

भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङ प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा भेटवार्ता गर्दै। त्यस्तै महावीर (रेन्जर) रेजिमेन्टमा अमेरिकी प्रभाव छ। माओवादी द्वन्द्व बढेसँगै नेपाली सेनासँगको सहकार्यमा अमेरिकी सेनाले सैनिक किल्ला तयार बनाएको थियो। अमेरिकाले दिने सैनिक सहयोगमध्ये हाल उक्त रेजिमेन्टमा आधाभन्दा बढी प्रयोग हुने गरेको छ। अमेरिकी रुचीमै करिब एक वर्षअघि मात्र यसलाई गणबाट रेजिमेन्टमा बढोत्तरी गरिएको छ।

गणमा करिब आठ सय फौज हुन्छन् भने रेजिमेन्टमा ३ हजार हाराहारी। यसको कमान्ड महासेनानी (कर्णेल)ले गर्ने गर्छन्। छाउनीमा यसको मुख्यालय छ। अमेरिकी रुचीमै यसको एउटा युनिट पोखरामा स्थापना गरिएको छ। अमेरिकाले त्यस्तै युनिट मुस्ताङको जोमसोममा पनि लैजान ‘लबिइङ’ गरेको सैनिक स्रोत बताउँछ। नेपाल भ्रमण्मा आएका कतिपय अमेरिकी उच्च सैनिक अधिकारीहरू सैनिक मुख्यालय जंगी अड्डा सिधै छाउनी जाने गरेका छन् जसको सुइँको प्रधानसेनापतिबाहेक उच्च सैन्य अधिकारीसमेतलाई हुँदैन।

०३३ सालमा इजरायली डिफेन्स फोर्स (आईडीएफ) गरिदिएको भैरवनाथ गण नेपाली सेनाको सबैभन्दा पुरानो गण हो। भैरवनाथ र युद्ध भैरव गणमा पछिल्लो समय चीनले निकै रुची देखाएको छ। महाराजगन्जस्थित लक्ष्मी भवनभित्र रहेका भैरवनाथ गण र युद्धभैरव गणमा चिनियाँ सेनाले तालिम र प्रविधि विकासमा लगायतमा सहयोग बढाएको छ। नेपाल र चीनबीच सन् २०१८ मा भएको पहिलो संयुक्त सैन्य अभ्यास पनि यहीँ भएको थियो। नेपाल भ्रमणमा आउने चिनियाँ सैन्य अधिकारीहरू भैरवनाथ र युद्धभैरव गणमा पुगेकै हुन्छन्।

प्रभाव विस्तारका अनेक रुप नेपाली सेनाभित्र प्रभाव विस्तारका लागि शक्ति राष्ट्रहरूले अनेक तहमा प्रयास गर्ने गरेका छन्। सन् १९८८ देखि नेपाली सेनाका अधिकृतलाई छात्रवृत्ति दिन थालेको चीनले पछिल्लो समय त्यसलाई झन् विस्तारित गर्दैै लगेको छ। नेपाल सरकारमार्फत् नआई सिधै नेपाली सेनालाई दिने सहयोगमा जोड गरिरहेको चीनले नेपाली सेनाका क्याडेट र अधिकृतमात्रै होइन अन्य सुरक्षा निकायका अधिकारीहरूलाई पनि नेसनल डिफेन्स कोर्स (एनडीसी) लगायतका तालिममा आमन्त्रण गर्न थालेको छ।

source nepal live.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *