मुखमा मास्क लगाएर सिसाबाट प्रेमी-प्रेमिकाको चुम्बन

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। शुक्रबारको प्रणय दिवस छ। अहिले धेरै प्रेमीप्रेमिका आफ्ना मायालुलाई भेटेर माया साटासाट गरिरहेका छन्।तर चीनमा भने परिस्थिति फरक छ। कोरोनाभाइरस फैलिएपछि हुवेई प्रान्तमा झन्डै ६ करोड मानिसले एकअर्कालाई बाहिर भेट्न पाएका छैनन्। हुबेईबाहिर बस्ने स्वास्थ्यकर्मीहरू पनि कोरोनाविरूद्ध खटिएका छन्।

सरकारले शहर नै बन्द गरिदिएपछि कतिपय प्रेमी-प्रेमिकाले एक अर्कासँग कयौं दिनदेखि भेटसमेत गर्न पाएका छैनन्।त्यस्तै एक प्रेमी र प्रेमीकाको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। उक्त भिडिओमा प्रेमी र प्रेमिकाले एक अर्कालाई चुम्बन गरेका छन्।

तर दुईका ओठका बीच मास्क र सिसा छन्। ती महिला नर्स हुन् जो परिवारसँग टाढा बसेर कोरोनाभाइरस संक्रमित बिरामीहरुको उपचार गर्दै छन्।११ दिनपछस उनका प्रेमी उनलाई भेट्न अस्पताल नै पुग्छन्। एक अर्कालाई छुदाँ कोरोना सर्ने डरले केटा अस्पताल बाहिर बसेर कुराकानी गर्छन् भने केटी भित्रै बस्छन्।उनीहरूले भ्यालेन्टाइन डेको दिन विवाह गर्ने योजना बनाएका थिए। तर कोरोनाका कारण उनीहरूको विवाह स्थगित भएको छ।

यो पनि चीनबाट ल्याइने नेपालीलाई राख्न क्वारेन्टाइनमा ठाउँ तयार पारिँदै, ‘वरिपरिका डराउनु पर्दैन’

सरकारले चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न भक्तपुरस्थित विद्युत प्राधिकरणको दुईटा भवनमा सरसफाई र अन्य तयारी थालेको छ।यद्यपी सरकारले वुहानबाट नेपाली विद्यार्थीलाई घर कहिले ल्याउने भन्नेबारे मिति भने तोकिसकेको छैन। वुहानबाट नेपालीलाई ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइड बडी जहाज तयारी अवस्थामा छ।

वुहानबाट नेपालीलाई फर्काएपछि कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्ने भय कतिपयमा छ। त्यसको लागि पनि सरकारले क्वारेन्टाइनमा राखिने व्यक्तिहरुमा विशेष निगरानी राक्नुपर्ने अधिकारीहरुको जोड छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार क्वारेन्टाइन अवधिभर त्यहाँ स्वास्थ्यकर्मीबाहेक अन्य व्यक्तिहरूको आवतजावत हुनुहुँदैन।उहाँहरू संक्रमित नभएपनि संक्रमण फैलिएको ठाउँबाट आउने भएकाले पछि लक्षण देखिन सक्छ। त्यसैले सतर्कता अपनाउनुपर्छ,’ पुनले भने।

उनले १४ दिनको बीचमा कसैलाई सम्भावित लक्षण देखिए विरामीलाई तुरुन्त आइसोलेसन वार्डमा राख्नुपर्ने बताए। सो अवधिमा कुनै पनि लक्षण नदेखिए त्यस्ता व्यक्ति ‘कोरोना फ्री’ हुने पुन बताउँछन्।क्वारेन्टाइन स्थलमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य ‘पर्सनल प्रोटेक्टिभ इक्विभमेन्ट’ लगाउनुपर्छ।

वुहानबाट ल्याइने नेपालीलाई छुट्टाछुट्टै राख्नुपर्ने हो भन्ने प्रश्नमा पुनले भने, ‘उहाँहरु धेरैजसो एउटै ठाउँबाट आउने भएकाले एकैठाउँ राख्दा पनि खासै जोखिम हुन्न। तर वुहानमा बस्नेहरूलाई एकठाउँ र अरु सहरमा बस्नेहरुलाई अर्को ठाउँमा राख्यो भने राम्रो हुन्छ।क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले सरसफाईमा ध्यान दिनुपर्ने पुनको सुझाव छ। जसको लागि त्यहाँ रहेकाहरुले अनिवार्य साबुन पानीले हात धुनुपर्छ। शौचालय सफा हुन जरुरी छ।

क्यावरेन्टाइनमा बस्ने व्यक्तिहरूले मास्क नलगाइ पनि बस्न सक्ने भएपनि सकेसम्म मास्कको प्रयोग गर्दा राम्रो हुने पुनको भनाइ छ।सरकारले वुहानबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने भनेपछि स्थानीयले भने विरोध जनाइरहेका छन्। उनीहरुले वस्तीका बीचमा राख्दा आफूहरुलाई जोखिम हुने भन्दै सरकारलाई अन्यन्त्र विकल्प खोज्न माग गरेका छन्।

यसरी वस्तीका बीचमा क्वारेन्टाइन राख्दा आसपासमा बस्ने मानिसहरुलाई कतिको जोखिम हुन्छ भनेर सोध्दा पुनले भने, ‘उहाँहरु तर्सिनुपर्देन। किनभने वुहानबाट संक्रमित नेपालीलाई ल्याउन लागिएको हैन। पछि संक्रमण देखिने हो कि भनेर राख्ने मात्र हो। फेरि उहाँहरुमा त्यस्तो संक्रमण देखिनेवित्तिकै स्वास्थ्यकर्मीले आइसोलेसन वार्डमा भर्ना गरिहाल्छन्।’तर पनि वुहानबाट नेपालीलाई ल्याएर राखेपछि सो क्षेत्र नजिक नजान स्थानीयलाई पुनको सुझाव छ।नेपालले चीनको वुहानबाट आफ्नो नागरिकलाई ल्याउन ढिलाइ गरेको भन्दै चर्को आलोचना भएपछि सरकारले बल्ल क्वारेन्टाइन गर्ने ठाउँको टुंगो लगाएको हो।

गत हप्ता वुहनमा रहेका नेपाली विद्यार्थीहरुका अभिभावकले आफ्नो छोराछोरीलाई शिघ्र घर फर्काउन भन्दै स्वास्थ्य मन्त्रालय घेराउ गरेका थिए। लगत्तै अभिभावकहरुले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीलाई भेटी ज्ञापन पत्र बुझाएका थिए।यसअघि नै वुहानमा लगायत चीनमा रहेका १ सय ८० जना नेपाली विद्यार्थीले चीनस्थित नेपाली दूतावासमा फाराम भरिसकेका छन्।आइतबारसम्म चीनको वुहानबाट फैलिएको नोभल कोरोना भाइरसका कारण ९ सय १० जनाको मृत्यु भएको छ भने ४० हजार बढी संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *