केपी ओली सरकारका मन्त्रीले गर्दैछन् गद्दारी : चौधरी ग्रुपको खुलासा

काठमाडौ । नेपाली जनतालाई निःशुल्क टेलिफोन सेवा दिने घोषणासहित आउन लागेको सीजी टेलिकमलाई रोकेर कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीले नेपाली जनतामाथि उद्दारी गरिरहेको चौधरीस् ग्रुपले आरोप लगाएको छ । एनसेल लगायत कम्पनीले जनतालाई महंगो शुल्कमा टेलिफोन सेवा दिइरहेको बेला सीजी टेलिकमले निःशुल्क सेवा दिने भन्दा समेत सरकारले अवरोध गरिरहेको तथ्य सहित चौधरी ग्रुप मिडियामा आएर यो कुराको खुलासा गरेको हो ।

सीजी टेलिकमले आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पूरा गर्दा समेत अरु टेलिकम कम्पनीको बलमा सरकार निरिह बनेको उनीहरुको आरोप छ । चौधरी ग्रूप प्रवद्र्धित सिजी टेलिकमले ३ वर्षअघि नै प्रक्रिया पूरा गरेपनि सरकारले लाइसेन्स दिन आनाकानी गरेको आरोप लगाएको छ ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीजी टेलिकम नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गत बिहीवार पत्रकार सम्मेलनमा २० अर्ब तिरे सीजीले लाइसेन्स पाउने भनेर दिएको अभिव्यक्ति नियोजित वा भ्रम भएको कम्पनीले जनाएको छ । चर्चित व्यवसायी विनोद चौधरीका छोरा तथा ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टेलिफोन भ्वाइस निःशुल्क गर्ने र डाटा सेवाको मूल्य आधा घटाउने योजनाका साथ आउन लागेका कम्पनीलाई रोक्दा नेपाली जनताले पाउने लाभ खोसिएको बताए । उनले सरकारलाई सोधे, ‘के कारण सीजीलाई आधारभूत टेलिफोन सेवामा आउन रोकिएको हो ?’

लाइसेन्स पाउन कम्पनीले पूरा गर्नुपर्ने सबै पूर्वशर्त पनि पूरा गरेको र तिर्नुपर्ने बक्यौता पनि एक रुपैयाँ बाँकी नरहेको चौधरीले दाबी गरे । ‘अरु कम्पनीले यस्तो बक्यौता तिर्न सकेका छैनन्, सरकारले किस्ताबन्दीमा तिर्न सुविधा पनि दिएको छ,’ चौधरीले भने, ‘हामी सबै बक्यौता तिरेर युनिफाइड लाइसेन्स लिन तयार छौं । तर हामीलाई किन अवरोध गरिएको छ ?’ सञ्चारमन्त्री मन्त्री गोकुल बास्कोटाले बोलेजस्तो टेलिकम लाइसेन्सका लागि २० अर्ब तिर्नु नपर्ने चौधरीले बताए । १० वर्षपछि अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदा नै तिर्नुपर्ने भनेर मन्त्रीले भ्रम छर्ने काम गरेको चौधरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *