विमानस्थलको आगलागीबारे छानबिन समिति गठन

२८ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार रातिको आगलागीबारे छानबिन गर्न संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कूलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य रहेका छन् ।समितिले घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र समितिलाई सुझावसहितको प्रतिवेदन

पेश गर्ने जिम्मा पाएको छ ।आवश्यक परे अन्य विज्ञहरुको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ ।सोमबार राति सवा ८ बजेको समयमा विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय अडान र अवतरण अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *