नायिका आँचलकाे वि,वा,ह फागुन २९ गते

काठमाडौं । नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ ।आउँदो फागुन २९ गते उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ ।

विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ । गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रे,म,सम्बन्धको बारेमा खुलाएकी थिइन् ।

यो पनि अभिनेता अर्जुन रामपालले सिकाए ६ महिनाको छोरालाई गिटार

मुम्बई । बलिउड अभिनेता अर्जुन पछिल्लो समय फिल्म दुनियाँबाट रहेर आफ्नो निजी जिन्दगीमा पुरै ध्यान दिइरहेका छन् । उनी छोरा आरिकका साथ बढीभन्दा बढी समय बिताउन थालेका छन् । फिल्मी दुनियाँबाट टाढा रहेपनि उनी सोसल मिडियामा भने निकै सक्रिय छन् । त्यसैले पनि होला उनी सोसल मिडियामा धेरै तस्बिर शेयर गर्ने गर्दछन् ।

अहिले अर्जुन र उनको छोराको एक तस्बिर सोसल मिडियामा भाइरल भएको छ । तस्बिर अर्जुनकी गर्लफ्रण्ड ग्रब्रिएलाले इस्टाग्राममार्फत शेयर गरेकी हुन् । तस्बिरमा अर्जुन छोराका साथ गिटार लिएर बसेका छन् । उनले छोरालाई गिटार समेत सिकाएको बलिउड मिडियाको समाचारमा उल्लेख छ ।

अर्जुन र ग्रब्रिएलाका छोरा अहिले ६ महिनाको पुगेको छ । तस्बिर हेर्दा अर्जुनले छोरालाई अहिले देखिनै संगीत सिकाउन चाहेको अनुमान लगाउन सकिन्छ । उनको छोरा आरिकले पनि गिटारमा ध्यान दिएको तस्बिरमा देख्न सकिन्छ ।तस्बिर प्रशंसकले निकै रुचाएका छन् । सायद त्यसैले पनि उक्त तस्बिर निकै भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *