कम्युनिस्ट मेयर र उपमेयरको लज्जास्पद हर्कत, भारत जाँदा सार्वजनिक बिदा !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित बनेका नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर र उपमेयरले लज्जास्पद ह,र्क,त देखाएका छन् ।दुवैले भारत भ्रमणमा जाने दिनमा नगरपालिकामा सार्वजनिक बिदा दिइएको खुलासा भएको छ । नगरपालिकामा बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत भ्रमणमा गएका छन् ।

बेलकोटगढी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १३ अध्यक्ष पशुपति लोहनीले यूएनओपीएस संस्थाको कार्यक्रममा भाग लिन भारत गएका बताएका छन् ।दुवै जना भारत गएको दिन सोमबार सार्वजनिक बिदा दिइएपछि नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगर कार्यपालिकाको बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू नै असन्तुष्ट बनेका छन् ।

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका थिए । ‘सार्वजनिक सूचनामा मेयर र उपमेयर भारत जाने बिदा दिइने भनेर उल्लेख थिएन । स्रोतका अनुसार दुवै जना भारत जाने दिनलाई केन्द्रित गरेर बिदा दिइएको छ ।

नगरपालिकाले दिएको बिदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएपनि स्थापना दिवस माघमा नभई फागुन २७ गते रहेको पाइएको छ ।फागुनमा पर्ने स्थापना दिवसको बिदा एक महिना अगाडि दिएर मेयर र उपमेयर भारत गएका छन् । प्रवक्ता समेत रहेका वडाध्यक्ष लोहनीले एक महिना अगाडि नै स्थापना दिवसका लागि बिदा दिने निर्णय भएकोमा आफूलाई अचम्म लागेको बताएका छन् ।

‘कहिले बैठक बस्यो र बिदा दिने निर्णय गर्‍यो हामीलाई केही थाहा छैन,’ वडाध्यक्ष लोहनीले मंगलबार भने, ‘एक महिनापछि आउने स्थापना दिवसको बिदा एक महिनाअघि नै दिनु व्यावहारिक पनि होइन ।’ सूचनामा माघ २३ गते बैठक गरेर बिदा दिने निर्णय भएको भनिएपनि बिदा दिने निर्णयबारे वडाध्यक्ष र नगर कार्यपालिका सदस्यहरू नै जानकार छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *