सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलकाे रुपमा फैलियाे, कोरोनाको आशंका (बिज्ञप्ति सहित)

सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ (पहिलेकाे गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य टोली खटाइदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक विकास मन्त्रालयलाई पत्र काटेका छन्।

‘बिहानसम्म एक दर्जनको संख्यामा रहेको बिरामी साँझसम्म सय नाघेको छ,’ अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘बिरामीको संख्या बढिरहेको छ। रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ।’उनले चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नभएपनि यसका लक्षण मिल्दाजुल्दा भएकाले चनाखो हुनुपरेको उल्लेख गरेका छन्। ‘मानवीय क्षतिपश्चात मात्र संवेदनशिल भएर हुँदैन। त्यही भएर हामीले बेलैमा तत्परता देखाएका हौं,’ उनले भनेका छन्।

उनले आफूहरुसँग भएको जनशक्ति र स्रोतसाधन परिचालन गरिसकेको उल्लेख गरेका छन्। थप मद्धतका लागि जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेकोसमेत उनले उल्लेख गरेका छन्।अहिले औषधि र मास्कलगायतका सामाग्री संकलन गरिरहेका छौं। बुधबार बिहान मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मी टोली गुम्बा पुग्छौं,’ उनले भनेका छन्, ‘चिकित्सकीय सहयोग भएमा स्थिति नियन्त्रणमा आउनसक्ने स्वास्थ्यकर्मी साथीहरुको भनाई छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *