नायिका आँचल शर्माको बिहे महिना सार्वजनिक !

यता प्रियंका कार्की बिहेको पहेली बुझाइरहेकी छिन् । उता आँचल शर्माले भने चुपचाप विवाह सकाउन लागिसकिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरले यस्तै संकेत गर्छन् । गत शुक्रबार मात्र उनले ‘ब्राइड टू बी’ गाउन लगाएर केक काट्दै विवाहको मिति नजिक आएको संकेत दिएकी थिइन् ।

आँचलले चितवन पुख्र्यौली घर भएका मेडिकल डाक्टर उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार आँचल र उदीपले विवाहका लागि यही फागुनको अन्तिमतिरको दिन रोजेका छन् । तर, मिति भने सार्वजनिक भइसकेको छैन । उनीहरूको अफेयर गत वर्षको दशैँपछि सुरु भएको थियो ।

सुरुसुरुमा आँचलले अफेयरको खबरलाई साथीको नाममा ढाक्ने कोसिस गरेकी थिइन्, तर पछिल्ला दिनमा भने आँचलको इन्स्टाग्राम उदीपसँगको फोटोले रंगिएको हुन्थ्यो ।आँचलको विवाह हामी त खुशी भएर हेरौँला । तर, बिचरा, पल शाहले कसरी हेर्लान्– ‘मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *