अमेरिका ३५ रनमा अलआउट, सन्दीप लामिछानेको वि’स्फोटक बलिङ्ग लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारीले चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो । सन्दीपले ६ र भारीले ४ विकेट लिए।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको नेपालको वि’स्फोटक प्रस्तुतिले अमेरिकालाई आछुआछु बनाएको हो ।दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए ।

सुशन भारीले सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् ।आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे ।

खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन्।सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरकार पहिलो र अन्तिम बलमा थप २ विकेट लिए।१२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए । यसै ओभरको अन्तिम बलमा सन्दीपले १० औं विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *