१० बर्ष सम्म प्रेमिका थिइन् अचानक थाहा नदिएरै अर्कैसंग बिहे गरेको तस्विर राखेपछि, पिडा सहन नसकेर प्रेमीले बुलेट बाइक रोकी सप्तकोशी नदीमा हा’म फा’ले

इटहरी – दश वर्षदेखिको प्रेमसम्बन्धमा समस्या आएपछि तनावमा रहेका एक युवकले सप्तकोशी नदीमा हा”मफा”लेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलाका नगरपालिकाको सिमानामा पर्ने सप्तकोशी पुलबाट हा”म्फालेर इटहरीका राजेश बानियाँ बे”पत्ता भएका हुन्।

इटहरी उपमहानगरपालिका-१ घर भएका बानियाँले मंगलबार साँझ सप्तकोशीमा हामफालेपछि खोजी भइरहेको छ। कोशीमा हा”म फा”ल्नुअघि उनले फेसबुकमा केही तस्बिरसहित स्टाटस लेखेका छन्। ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर बिनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो’, उनले फेसबुकमा भनेका छन्, केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ। गुड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौँ।

प्रत्यक्षदर्शीका अनुसार उनी बिहानदेखि नै बुलेट बाइकमा सप्तकोशी क्षेत्रमा ओहोरदोहोर गरिरहेका थिए। आफूले चलाएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक कोशी पुलमाथि राखेर उनले हा”मफा”लेको एकजना स्थानीयले बताए। हा”मफालेल”गत्तै चतरास्थित सशस्त्र प्रहरी र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले बे”पत्ता बानियाँको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *