कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने

२९ माघ, काठमाडौं । कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् ।कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आँकलन छ।

विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृत्युदरले पनि साढे ४ करोड मानिसको मृत्यु हुन्छ ।

यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ । तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु म,र्न सक्ने ख,त,रा भने टरेको छैन्।विशेषज्ञहरुले विस्तारै कोरोना संक्रमण घट्ने भए पनि यसलाई कम आक्न नहुने बताएका छन् ।

यो पनि कोरोना भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’

२९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने राेगको नामाकरण गरेको छ । राेगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।

हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौं,’ डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले भने ।नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।

यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो ।कोरोनाको इपिसेन्टर वुहान रहे पनि चीनसहित दुई दर्जन देशमा संक्रमित भेटिएका छन् । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म हजार बढीको ज्यान गएको छ । बुधबारमात्रै एक सय बढीको ज्यान गएको थियो । ४२ हजारभन्दा बढी यो नयाँ भाइरसबाट संक्रमित भएका छन् ।डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *