कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना

काठमाडौं– कोरोना भाइरसको आशंकामा तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उनीहरूलाई आज टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु तीन जनामा कोरोना भाइरस छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षणका लागि नमुना पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा २० जनामाथि कोरोना भाइरसको परीक्षण गरिएको र ती मध्य एकजनामा पोजेटिभ देखिएको बताए । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाटै भागे !यसैबीच कोरोना भाइरसको आशंका गरिएका एक साउदी अरेबियाका नागरिक टेकु अस्पतालबाट भागेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको आशंका गरिएका अरेबियन नागरिक अस्पतालबाटै भागेको स्वीकार गरे उनको खोजी भइरहेको श्रेष्ठले जानकारी दिए ।

यो पनि केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आगामी फेब्रुअरी १६ अर्थात् आगामी आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

उनको सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आम आदमी पार्टी दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।आम आदमी पार्टी दिल्ली विधानसभाका ७० मध्ये ६२ सिटमा विजयी

भएको थियो । केन्द्र सरकार चलाइरहेको रहेको भारतीय जनता पार्टीले भने केबल ८ स्थानमा विजय हासिल गरी दोश्रो भएको थियो ।केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री बन्न लागेका हुन् । केजरीवालको कार्यकाल सन् २०२५ सम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *