सेनाको ट्रक पल्टँदा एक सैनिकको मृत्यु, ६ घा,इ,ते

दाङ- नेपाली सेनाको ट्रक पल्टँदा सल्यानमा एक सैनिकको मृ,त्यु भएको। ६ जना घा,इ,ते भएका छन्। हतियार तथा बन्दोबस्तीका सामान लिएर सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दु,र्घ,ट,ना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि नेपाली सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घा,इ,ते भएकाहरुलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ। प्रहरीका अनुसार सेनाको उक्त ट्रक सडकदेखि झण्डै तीन सय फिट तल खोल्सामा खसेको छ।

यो पनि सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौँ – नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना दिवस मनाउन राउत सोमबार नेपाल आउन लागेका हुन्।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । नेपाल एकीकरण भएको सम्झनामा सेनाले मनाउँदै आएको सेना दिवसमा भारतीय सेना प्रमुखको यो पहिलो सहभागिता हो। सेना दिवसको अवसरमा सेनाले विभिन्न कार्यक्रम तथा प्रदर्शनीहरूको आयोजना गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *