५० लाख लिएर २ छोरी सहित अर्कै परपुरुष कुमारसँग भाग्ने अनुप र कुमारलाइ बल्ल लाग्यो पछुतो, भन्छन्, हामीले ठुलो भुल गर्यौ (भिडियो)

काठमाडौं । विदेशमा श्रीमानले कमाएको पैसा समेत लिएर भागेको भनिएकी अनुपा अधिकारी अहिले भारतको केरलामा फेला परेकी छन् । तनहुँको नकुल अधिकारीको श्रीमती अर्का पुरुष कुमार कार्कीसंग भागेपछि उनको दुई महिना देखि खोजी भइरहेको थियो । नकुलको श्रीमती अनुपा उनका दुई छोराछोरी सहित कुमारसंग भागेकी थिइन् । कुमारको पनि श्रीमती र एक छोरा छन् ।

वैदेशिक रोजगारीमा रहेका कुमार नेपाल फर्केपछि घरमा नगएर अनुपालाई लिइर भारतको केरला पुगेका थिए । केरालाको एउटा घरको कोठामा अनुपा कुमारका साथ फेला परेकी हुन् । उनहरु बसेको कोठामा अचानक भारतीय प्रहरी सहित नकुल प्रवेश गरेपछि साना दुई छोरी डराएर रोएका थिए । सानो छोरीलाई जन्मेपछि देख्नै नपाएका नकुलले आफ्ना छोरीहरुलाई काखमा लिएर माया गरे । तर विदेशमै रहेका नकुलसंग उनका छोरीहरु नै राम्रोसंग झ्याम्मिएका थिएनन् । सानी छोरीले त बुवालाई चिनेकी पनि थिइनन् ।

भारतको केरालामा पुगेर अनुपाले छोरीलाई विद्यालय भर्ना पनि गराएकी थिइन् । अचानक प्रहरी र मिडिया कोठामा पसेर कुमार र उनका अन्य दुई साथीलाई केरकार गर्न लागेपछि डराएकी अनुपाको छोरीले घटनामा आमाको केही दोश नभएको र संधै बुवाले आमालाई तनाव दिने गरेको भन्दै बिलौना गरेकी थिइन् । अनुपाले प्रहरी सामु कुमारसंग ७ महिना देखि सम्बन्ध रहेको स्वीकार गरेकी छन् ।

कुमार कार्कीसँग भागेर भारत पुगेकी नकुल आधिकारीकी श्रीमती अनुपालाई खोज्न भारत पुगेको टोली उनीहरुलाई समात्न सफल भएको हो ।पत्रकार सन्तोष देउजाको नेतृत्वको टोलीमा नकुल, नकुलका दाई, कुमारकी पत्नि र अर्की एक सहयोगी महिलाले ४ दिन लगाएर भारत पुगी अनुपा, कुमार र अनुपाका दुई छोरीलाई भारतका कर्नेलको घरमा बसिरहेको अवस्थामा भेट्याएपछि पति नकुल र पत्रकार सन्तोष देउजाले उनीहरुलाई नेपाल ल्याउँदैछन् ।

कुमार कार्की र अनुपा अधिकारीले पनि आँफुले गल्ती गरेको स्विकार्दै कानुन अनुसार कारवाही भोग्न तयार रहेको भन्दै उनीहरुले आँफुले प्रहरीलई सहयोग गर्ने बताएका छन् । नेपाल फर्कने क्रममा रेलस्टेसनबाट अनुपाले र कुमारले आफ्नो गल्ति स्वीकार गर्दै अहिले पछुतो लागेको बताएका छन् ।

हामीले आफ्नो परिवार श्रीमती र छोराछोरी हुँदाहुँदै यसरि म अर्काको श्रीमतीसंग हिड्नु र म अर्काको श्रीमानसंग हिड्नु ठुलो भुल भयो भन्दै अहिले पछुतो मानेका छन् ।अनुपाले अन्जानमा यसरि ठुलो गल्ति गर्दा अहिले निकै पछुतो लागेको बताउंदै नेपाल गएर कानुनीरुपमा जे जस्तो सजाय भोग्नु पर्ने हो त्यो भोग्न तयार भएको मिडियामा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *