‘अब यो भि,ड,भा,ड राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः’ प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताए ।

उनले केन्द्रीय राजधानी (काठमाडौं) सार्ने कुरा आएको विषयमा राजनीतिक नेतृत्वमा छलफल भएको र अहिले पनि छलफल जारी रहेको बताए । ‘केन्द्रीय राजधानीको कुरा डा हर्कबहादुर गुरुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रीय राजधानी सार्ने कुरामा छलफल भएको छ । भइनै रहेको छ’ प्रचण्डले भने,‘केन्द्रको राजधानी त छलफलको विषय बन्न सक्छ भने भोलि प्रदेशको राजधानीको विषय सजिलै छलफलको विषय बन्न सक्छ । ’

भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन थालेको र एकचोटि टुंगिइसकेको ठाउँ यताउता गर्दा देशैभरि फेरि अराजकता फैलिने हो कि भनेर अहिले जहाँ तोकिएको छ त्यही राँखौं भन्ने भएको उनले बताए ।कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको होइन्,

सुदूरपश्चिम नाम र गोदावारी राजधानी र गण्डकी नाम र पोखरा राजधानी हाम्ले तोकेको होइन्’, उनले भने, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो। तर प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो अलि जटिल भयो, टुंग्याइदिनु पर्‍यो भनेपछि हामीले सहजीकरण गरेको हो।’ उनले धेरै जनप्रतिनिधिलाई नराम्रो लागे पनि विकल्प नभएका कारण आफूहरुले तोकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *