बसको ठक्करले नायिका महिमा सिलवालको मृत्यु

काठमाडौं- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनकी बहिनी सर्मिलाको पनि ज्यान गएको छ ।दिदी महिमाको घटनास्थलमै र बहिनीको उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् ।

यो पनि एक्सन प्याक फिल्ममा काम गर्ने चाहना छ – सुशील श्रेष्ठ

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ मा सुशील श्रेष्ठले शीर्ष भूमिका निभाएका छन् । यो फिल्ममा उनका अलावा विश्वजीत रिमाल र रुविना थापाको पनि शीर्ष भूमिका छ ।

सौरभ चौधरीले निर्देशन गरेको यो फिल्मको यतिबेला चर्चा छ । मुख्य भूमिकामा देखिएका सुशीलले होस्टेल रिटर्न् बाट राम्रो प्रतिक्रिया पाए । तर, उक्त फिल्मबाहेक अरु फिल्मले भने सुशीलले सफलता दिन सकेनन् ।

उनको शीर्ष भूमिका रहेको ‘शायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ फ्लप हुँदा सुशीललाई यतिबेला थप जोखिम छ । फ्लप फिल्म दिए पनि उनलाई फिल्ममा अफर त आइरहेका छन् तर आफूले धेरै फिल्म खेलेर असफल फिल्मको चाङ लगाउन चाहन्नन् सुशील ।

‘यसअघिका मेरा फिल्ममा किन काम गरेछु भन्ने चाहिँ लाग्दैन, किनकि त्यो कामले पनि मलाई धेरै सिकाएको छ,’ सुशील सुनाउँछन्, ‘तर अब भने फिल्म छान्ने क्रममा थप विचार पुर्‍याउँछु ।’

‘लभ डायरिज’ एक धनी बुबाको घमण्डी छोराको भूमिका निभाएका सुशील यो फिल्मबाट पनि उत्तिकै आशावादी छन् । उनी भन्छन्, ‘फिल्मबाट म आशावादी छु, मैले सक्दो मेहनत गरेको छु, फिल्मकै लागि भनेर ज्यान पनि त्यही अनुसारको बनाएको थिएँ ।’

आफूलाई अब एक्सन प्याक फिल्ममा काम गर्न मन लागेको सुशील सुनाउँछन् । यसअघि पनि एक्सनका साथ देखिएका सुशील थप आकर्षक एक्सनसहित फिल्ममा प्रस्तुत हुन चाहेको बताउँछन् ।लभ डायरिज पनि मन परेकै कारण अभिनय गर्न तयार भएको हुँ, अब भने एक्सन फिल्ममा काम गर्न मन छ,’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *