आफ्नै तिहारमा टिका लगाउने दाइसंग बहिनि भागेपछि परिवार तनावमा, कतारमा रहेका श्रीमान पनि फर्के नेपाल

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थुप्रै युवाका घर उजाडीएका कथा अहिले बारम्बार सार्वजनिक भइरहेका छन् । घरमा श्रीमतीलाई विश्वास गरेर खाडीमा पसिना बगाएर कमाउन भासिएका युवाहरु घर फर्कदा न घर हुन्छ न त विश्वास गरेकी श्रीमती ।

फेरी यहाँ त्यस्तै अर्को कथा प्रस्तुत गर्न लागिएको छ । श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । श्रीमान घर आए लगत्ती उनको श्रीमती भने आफैले भाई मानेर तिहारमा टिका लगाएको भाईसंग भागेकी छन् । उनी भागीसकेपछि अहिले मिडियामा आएकी छन् । उनले आफ्नो नाम र परिचय पनि नखुलाईदिन आग्रह गरेकी छन् ।

श्रीमान किशोर आचार्यले त्यसरी दिदी मानेको महिलालाई नै लिएर हिडेपछि उनले अब विगत कोट्याएर बस्न नसक्ने बताएकी छन् । उनले आफुलाई किशोरले झुक्याएर विवाह गरेको र आफ्नो दिदीको घर भनेर एउटा घरमा लगेका थिए । उनले आफ्नो जिवनलाई अगाडी बढाइसकेका कारण त्यस विषयमा कुरा पनि गर्न नचाहेको बताएकी छन् ।

उनले आफन्तले ऋषीलाई कानुनी कठघरमा ल्याउन सुझाव दिएको भएपनि आफुले कदम नचालेको बताइन् । यो विषयलाई लिएर सवाल जवाफ गर्दै मिडियामा आउँदा आफ्नो भविष्यलाई पनि समस्या पर्ने भएकाले त्यस्तो नगर्ने बताइन् ।

अम्बिका नाम गरेकी महिलालाई ऋषीले आफ्नै दिदी भनेर चिनाएको उनको भनाई छ । श्रीमानले दिदी भनेर चिनाएपछि अम्बिका र आफुमा आमाछोरीमा हुने सम्बन्ध जस्तै भएको बताइन् । उनले त्यतीबेला आफ्नो श्रीमानको त्यस्तो सम्बन्ध थियो होला भन्ने कुरा सोच्न पनि पाप लाग्ने कुरा कल्पना नगरेको बताइन् । उनले अझै पनि ऋषीका बारेमा नकारात्मक कुरा गर्न चाहिनन् । उनले ऋषी आफ्नो सम्पर्कमा नभएको बताइन् ।

जेठको अन्तिम तिर आफुसंग झगडा भए पछि सम्बन्ध विग्रिएको उनको भनाई छ । आफुसंग झगडा भएपछि माइतीको आमाबुवासंग पनि झगडा भएको बताइन् । उनले अम्बिकाको श्रीमान पनि अन्यायमा परेका कारण उनले भने न्यायका लागि लडाई लड्न सुझाव दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *