मलेसियाले सुरक्षा गार्डमा पाकिस्तानबाट कामदार लाने कुरा झुटो , नेपाली बाहेक अरुमा विश्वास नभएको मलेसियाको भनाई

काठमाडौँ । मलेसियाले विदेशी सुरक्षा (सेक्युरेटी) गार्डका रुपमा नेपाली कामदारमात्रै राख्न सकिने बताएको छ। मलेसियाको गृह मन्त्रालयले पाकिस्तानबाट सुरक्षा गार्ड ल्याउने तयारीको खण्डन गर्दै त्यसको विकल्पमा नेपालीलाई मात्र राख्न सकिने स्पष्ट पारेको हो।

मलेसियाका लागि पाकिस्तानबाट १ लाखदेखि १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारी रहेको खबर सार्वजनिक भइरहेका बेला मलेसियाको गृह मन्त्रालयले यस्तो अभिव्यक्ति दिएको हो।

मलेसियामा इमान्दार र बहादुर भनेर चिनिएका नेपालीको सट्टामा अरुलाई ल्याउने विषय असजिलो रहेको भन्दै बुधबार गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ। नेपालबाट पूर्वसेना वा पूर्वप्रहरीसहित आधारभूत तालिम लिएकाहरु मलेसियामा सेक्युरेटी गार्डका रुपमा जाने गरेका छन्।

मन्त्रालयले स्थानीय व्यक्तिलाई सुरक्षा गार्डमा रुपमा राख्न सकिने भन्दै बरु स्थानीय सेक्युरेटी कम्पनीलाई त्यसका लागि प्रोत्साहित गरिने बताएको छ। समाचार अनुसार १ लाख २० हजार ७६७ स्थानीय व्यक्तिले सुरक्षा गार्डको तालिम पनि लिएका छन्। यसको उद्देश्य सरकारले सेक्युरेटी गार्डबारे बनाएको मापदण्ड पुरा गर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *