राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

काठमाडौं– राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र

महाधिवेशन प्रतिनिधि बनेका थिए । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए।

यो पनि कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

काठमाडौं–कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ ।

उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ । उक्त संस्थाको सराहनीय प्रयत्नलाई प्रोत्साहन स्वरूप बैंकले ५ लाखको सहयोग पुर्याएको छ ।

पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले बैंकले सो सहयोग पुर्याएको हो ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *