काठमाडौं । आज फेव्रूअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिवसका अवसरमा विशेषगरी आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ ।केही वर्ष पहिलेसम्म नेपालमा नयाँ र तन्नेरी पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समय सबै उमेर समुहका मानिसहरुले मनाउन थालेका छन् ।युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले राजनीतिककर्मीले समेत यो दिवसलाई महत्त्व दिन थालेका छन् ।
भ्यालेन्टाइन डे का दिन आज शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका छन् ।गौतमले श्रीमति तुलसी थापा गौतमलाई गुलाफ दिएको तस्वीर उनका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् । मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको अभिन्न अंग भएको बताएका छन् । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र ! तरपनि शुभकामना’ पत्नी सुजाता शाक्य र आफ्नो तस्वीर राखेर पोखरेलले शुभकामना दिएका छन् ।
प्रेम जीवनको अभिन्न अंग हो। दिवसमा कसरी सिमित हुन सक्ला र !! तर पनि शुभकामना।
تم النشر بواسطة Shankar Pokhrel في الخميس، ١٣ فبراير ٢٠٢٠
पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ ।नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको केहीको भनाइ रहने गरेको छ ।