आइफोन ११ प्रो ले निकाल्ने विकिरण सुरक्षित सिमाभन्दा दो,ब्ब,र बढी”

पेनम्ब्रा ब्रान्ड्सले गरेको एक परिक्षणमा आइफोन ११ प्रो ले निकाल्ने रेडियसन (विकिरण) अमेरिकी संघीय संचार आयोगले तोकेको सिमाभन्दा दोब्बर बढी रहेको भेटिएको छ । संघीय संचार आयोगले विकिरण मापनका लागि सारको ( SAR, Specific Absorption Rate ) प्रयोग गर्दै आएको छ ।

अमेरिकी संघीय संचार आयोग एफ सी सीका अनुसार स्मार्टफोनको सुरक्षित सार मान १.६ वाट प्रति किलोग्राम रहेको छ । पेनम्ब्रा ब्रान्ड्सले गरेको परिक्षणबाट आइफोन ११ प्रोको सार मान ३.८ वाट प्रति किलोग्राम भएको भेटिएको छ – एफ सी सीले तोके भन्दा दुई गुणा धेरै । जीएसएमअरेना को वेबसाइटमा आइफोन ११ प्रो को सार १.१८ वाट प्रति किलोग्राम रहेको बताईएको छ ।

गत वर्ष जर्मनको एक रेडियसन सुरक्षा विभागले सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा पहिलो स्थान सायोमी मि ए १ परेको थियो, जसको सार अंक केवल १.७५ वाट प्रति किलोग्राम रहेको थियो । यसर्थ आइफोन ११ प्रो को सार अंक उक्त स्मार्टफोनकोभन्दा पनि दोब्बर रहेको छ ।

गत वर्ष प्रकाशित सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनहरूको सूची पढ्न यो लिंकमा जानुहोस्  यी हुन् सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनहरू पेनम्ब्रा ब्रान्ड्सका अनुसार आइफोन लगायतका अन्य ब्रान्डका स्मार्टफोनहरूले पनि सुरक्षित सिमाभन्दा बढी विकिरण निकाल्ने गरेको छ । उक्त ब्रान्डहरूमा मोटोरोला र सामसंगका केही स्मार्टफोनहरू रहेको छ ।

गत वर्ष प्रकाशित सूचीमा देखाइए अनुसार आइफोनहरूले निकाल्ने विकिरण अन्य स्मार्टफोनको तुलनामा निकै कम नै थियो – तर आइफोन ११ प्रोले पहिलेका आइफोनहरू र अन्य स्मार्टफोनहरूभन्दा निकै धेरै विकिरण निकाल्ने गरेको पाइएको हो ।

पेनम्ब्रा ब्रान्ड्सका मुख्य अधिकारीले स्मार्टफोनको विकिरणबाट बच्नका लागि विशेष स्मार्टफोन कभरको प्रयोग गर्नु पर्ने बताएका छन् । पेनम्ब्रा ब्रान्ड्सले नै विगतका केही समयदेखि विकिरण रोक्ने स्मार्टफोन कभरहरू बिक्री गर्दै आएको छ । उक्त कभरको नाम अलारा स्मार्टफोन केस रहेको छ जसले व्यक्तिहरूलाई स्मार्टफोनको विकिरणबाट बचाउन सक्छ ।

स्रोत: IEEE

Leave a Reply

Your email address will not be published. Required fields are marked *