कोरोना भाइरसको नियन्त्रणमा खटिएका ६ चिकित्सकको मृत्यु

२ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृत्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।वुहानमा कार्यरत १ हजार १ सय २ जना र हुवे प्रान्तका अन्य भागमा ४ सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

गत बिहीबार मात्रै थप १२० जनाको मृत्यु भएको थियो । यससँगै सो भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ।तर पछिल्लो दिनहरुमा चीनमा कोरोना भाइरसबाट संक्रमित हुने सङ्ख्याको दर भने कम हुँदै गइरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।

यो पनि चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ– चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ ।महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उनका अनुसार कोरोनाभाइरसबाट महामारीबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरमा मात्र ११ सय २ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यसबाहेक हुबेई प्रान्तका अरु शहरहरुमा ४ सय जना संक्रमित भएको उनको भनाइ छ ।चीनमा कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ सयभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *