घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले

कोठामा आ,ग,ला,गी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र ती,न प्रा,णी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कु,कु,रको छाउरो।

बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कु,कु,रको छा,उ,रोलाई पनि झ्यालबाट बाहिर निकाले।

त्यसपछि अर्को कोठामा सुतिरहेका आफ्ना काका र परिवारका अन्य सदस्यलाई उठाए। बालक हुन्, अमेरिकाकाको जर्जिया राज्यस्थित बार्तो का,उन्टी,का नोआ वुड्स। उनलाई आगोले पोलेर सामान्य चोट लागेको छ।आफू र परिवारका सात सदस्यको ज्यान ब,चाएको भन्दै नोआलाई मानार्थ अग्निनियन्त्रकको उपाधि दिइएको छ। एजेन्सी

यो पनि कोरोनाभाइरसबारे जान्नै पर्ने १० तथ्य, रोकथामका लागि नेपालका यी हुन् तीन योजना

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसबाट चीनमा मृत्यु हुनेमा ८० प्रतिशत मानिसहरु ६५ वर्षभन्दा माथिका छन् भने ७५ प्रतिशतमा मुटु सम्बन्धी रोग र मधुमेहका बिरामी छन्।चीनको हुबे प्रान्तबाट फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) विश्वभरका मानिसको स्वास्थ्यका लागि चुनौती बनेको छ। कोरोनाभाइरसको त्रास फैलिनमा विभिन्न मिथ्या विवरण एवं भ्रमहरू उत्तिकै जिम्मेवार रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले समेत त्यहाँ दर्जनौंमा फैलिएको रूघाखोकीलाई अनुसन्धान बिना नै कोरोनाभाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै माथिल्ला निकायलाई पत्राचार गरेको थियो। रुघाखोकी लाग्नासाथ कोरोनाभाइरसको आशंकामा अस्पतालमा बिरामीहरू आउने गरेको चिकित्सकहरूले बताएका छन्।चीनको वुहानबाट ल्याइने नेपालीलाई चिकित्सकको निगरानीमा अलग राख्ने भनिएको भक्तपुरको खरिपाटीका बासिन्दाले त्यहाँ पानीको स्रोत रहेको र हावाबाटै भाइरस सर्नसक्ने बताई आफ्नो ज्यान जोखिम पर्ने भन्दै विरोध गरेका छन्। विज्ञहरूले भने यस्ता भ्रम र अफवाह चिर्न सरकार अग्रसर नहुँदा

सामान्य अवस्था पनि जटिल देखिएको बताएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितको १ प्रतिशतको हाराहारीमा मात्र चीन बाहेकका देशमा याे महामारी फैलिएकाे छ भने संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या १० प्रतिशतभन्दा कम छ। तर त्यसलाई मृत्युदरको रूपमा बुझ्न नहुने बीबीसीले जनाएको छ। अझैसम्म पनि यो कुन जनावर वा अन्य प्राणीबाट फैलिएको हो र यसले कसरी शरीरमा असर पुर्याउँछ भन्ने स्पष्ट भइसकेको छैन।

१. के हो कोरोनाभाइरस?

श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण भएपछि निमोनियाको लक्षण देखिने कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरस परिवारको एउटा सदस्य हो। ज्वरो आउने, सुख्खा रूघाखोकी लाग्ने र श्वासप्रश्वासमा असर गर्ने यस भाइरस यसअघि मानिसमा देखिएको थिएन। त्यसैले हालसम्म यसको खोप पनि विकास गरिएको छैन। यस रोग जनावरबाट मानिसमा फैलिएको ठानिएको छ। चिनियाँहरूले गरेका केही अनुसन्धानमा चमेराबाट सरेको हुनसक्ने उल्लेख गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन। जनावरहरूमा भने यस परिवारका भाइरसहरू

यसअघि पनि फैलिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यससँग मिल्दोजुल्दो १५ वर्षअघि फैलिएको सार्सको एकखाले बिरालोबाट मानिसमा सरेको थियो।हालसम्मका बिरामी एवं संक्रमितहरुको अवस्था विश्लेषण गर्दा कोराना भाइरसबाट सामान्य प्रभावित हुनेको संख्या धेरै छ। एक चौथाई जतिमा मात्र गम्भीर असर देखिएको छ।

२. यसका लक्षणहरु कस्ता हुन्छन्?

१००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछ्युँ गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ।

३. यसका बिरामीलाई कति समय अलग राख्नुपर्छ?

यसको परीक्षण अवधि दुईदेखि १४ दिनको हुने भएकोले त्यति समय बिरामीलाई अलग राख्नु (अर्थात् क्वारेन्टाइन) पर्छ। यसको लक्षण राम्रोसँग नदेखिई संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएका कारण अहिले दुई साताका लागि अलग बस्दै निगरानीमा राख्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *