नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले आज यहाँ आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडो सिसिटिभी र सडकबत्ती जडान गरिने बताउनुभयो ।“चन्द्रागिरिमा हुने अ’परा’ध नियन्त्रणका लागि सिसिटिभी र सडक बत्ती जडान गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि रु एक करोड रकम विनियोजन गरेको उहाँको भनाइ थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताउनुभयो । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उहाँको भनाइ थियो ।

नेपाल ट्रक तथा टिप्पर व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *