सानो धुर्मुस बने प्रितम आचार्य ! (भिडियो)

ईटहरी, ३ फागुन । धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस” मा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो “सारेगमप लिटिल च्याम्प”मा पुगेर लोकप्रियता कमाएका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् ।

प्रितम यस फिल्ममा सानो धुर्मुसको भुमिकामा देखिने छन् । सेन्टीभाईरसको हालसम्म एक गीत “फनफन्नी” र ट्रेलर सार्बजनिक भैसकेको छ । यता फिल्मको अर्को गीत “आफ्नो पार्टी जिताईदे” भोलि अर्थात फागुन ४ गते सार्बजनिक हुदैछ ।

ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ । यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्लान् भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।ईटहरीमा जन्मिएर ईटहरीकै विश्व आदर्श स्कुलमा अध्ययन गरिरहेका आचार्यले सारेगमप लिटिल च्याम्पको तेस्रो स्थान हासिल गरेका थिए ।

हेरौं उनै प्रितमसँग गरिएको कुराकानी –

Leave a Reply

Your email address will not be published. Required fields are marked *