पहाडी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज मुलुकका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट बदली भएको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०४ गते (आइतबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०५ गते (सोमबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *