बढ्यो सुन को मुल्य हेर्नुहोस आज को बजार मुल्य

काठमाण्डाै – सुनको भाउ आइतबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनकाे भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि आज कुन देशको विनिमयदर कति ? यस्तो छ २० देशको तालिका

काठमाडौं । आज फागुन ५ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ १४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५० पैसा र बिक्रिदर १ सय ४९ पैयाँ २८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४४ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *