अमिताभको चल अचल सम्पति कति, कसले कति पाउछन् शेखपछि ?

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनसँग लगभग १००० करोड भारतीय रुपैयाँको सम्पत्ति छ। सो कुराको खुलासा जया बच्चनको चुनावी नामांकनको बेला भएको थियो ।

अमिताभ बच्चनले ‘कोन बनेगा करोडपति’ को सेटमा आफ्नो सम्पत्तीको बारेमा खुलासा गरेका थिए । उनले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरेका थिए । उनले ट्विटरमा लेखेका थिए,’जब म मर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।’

महानायक अमिताभले आफ्नो मृत्युपछि दुई सन्तानलाई जे जति मेरो सम्पत्ति छ दिने बताएका थिए । ‘एउटा छोरा र एउटी छोरीलाई आधा आधा बाडिनेछ । दुबै बराबार मिल्नेछ’ उनले भनेका छन् ।

जया बच्चनले समाजवादी पार्टीको तर्फबाट राज्यसभाका लागि पेश गरेको नामांकनमा पत्रमा, अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ । जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

अमिताभ र जयाको हाल ४६० करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।

स्टार कपलको देश र विदेशमा थुप्रै बंगला र घरहरू छन्। उनिहरू सवारी साधनहरु पनि धेरै मन पराउछन्। बच्चनसँग करिब १३ करोड रुपैयाँको मूल्याका १२ गाडी छन् । यसमा एक रोल्स रोयस, तीन मर्सिडिज, ए पोर्श तथा एक रेन्ज रोवर जस्तो विलाशी गाडी छन् । अमिताभसँग एक टाटा नानो कार तथा एक ट्याक्टर पनि छन् । यस बाहेक, दुबैसँग मुल्यवान घडि पेन लगायत साना साना चीजहरू छन् जसको मूल्य करोडौं रूपैयाँ परेको छ ।

दुबैसँग फ्रान्सको ब्रिगनोगल प्लेजमा ३ हजार १ सय ७५ वर्ग मिटर क्षेत्रफलमा रहेको घरसहितको सम्पत्ति छ । भारतमा उनीहरुसँग नोएडा, भोपाल, पुणे, अहमदाबाद, गान्धी नगरमा जग्गा जमिन छ ।

अमिताभसँग बाराबंकीको दौतपुर क्षेत्रमा ५.७ करोड मूल्यको ३ बटा जग्गा छ । जयाको नाममा लखनउको काकोरी क्षेत्रमा २.२ करोड रुपैयाको १.२२ हेक्टर कृषि भूमी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बलिउड हस्ती जोडीको सम्पत्ति ६ बर्षमा दोब्बर भएको छ। सन् २०१२ मा अमिताभ र जयाको जम्मा ५०० करोड सम्पत्ति थियो । र सन् २०१८ मा १००० करोडको विवरण पेश गरेका छन् । ६ बर्ष भित्रै दुवैको पैसा दोब्बर भएको हो । श्रोत हाम्रा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *