रञ्जनाले आफ्नो ४ वर्षीय छोरा अनमोल छेत्री, र श्रीमानलाई सदाका लागि छोडेर गएकी छिन्

रञ्जना छेत्रीलाई दिईयो अन्तिम श्रद्धाञ्जली!पश्चिम बंगाल पुलिस बिभागमा कार्यरत महिला कन्सटेबल श्रीमती रञ्जना छेत्रीको र,क्त क्या।न्स।रका कारण गत ११ फरवरी साँझ भेल्लोर सिएमसी अस्पतालमा उपचारका क्रममा नि,ध,न भएको थियो। रञ्जनाको पा,र्थि,व श,री,र,लाई बिहिबार

हवाईमार्ग भएर बागडुग्रा विमानस्थल ल्याईयो। पछि मेट्रो पुलिस स्टेशनमा पुलिस विभागका तर्फबाट सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गर्यो।आज सुक्रबार उनको शरीरलाई प.ञ्च.त.त्वमा समर्पित गरिएको छ।

३० वर्षीया मृ,त,क रञ्जनाको माईत गोरूबथान तल्लो माङजिङ पोख्रेबुङ हो। उनको विवाह निम्बोङ दलप्चन्द-२ निवासी दुर्गा छेत्री संग भएको थियो।रञ्जनाले आफ्नो ४ वर्षीय छोरा अनमोल छेत्री, र श्रीमानलाई सदाका लागि छोडेर गएकी छिन्।ओ।म् शा.न्ति शा.न्ति शा.न्ति!!

यो पनि चिनियाँ कोरोना पी’डितका लागि श्रीलंकन मुस्लिमहरुले गरे प्रार्थना

चीनमा कोरोना भाइरसका संक्रमित तथा पी’डितहरुका लागि श्रीलंकाका मुस्लिम समुदायले प्रार्थना गरेका छन् । श्रीलंकाका मुस्लिम समुदायका धर्मावलम्वीले शुक्रबारको नियमित प्रार्थनामा उनीहरुसँग ऐकव द्धता दर्शाएका हुन् ।

२ हजार भन्दा धेरै मुस्लिम धर्मावलम्वीहरु १९औं शता ब्दि पुरानो देवत गाहा मस्जि दमा भेला भएर प्रार्थना गरेका हुन् । कोलम्बोमा रहेको उक्त मस्जिदमा सांसद एस एम मरिकर पनि सहभागी थिए । चीनको पीडाप्रति दु खी रहेको भन्दै आफूहरुको ऐकव द्धता रहेको यहाँका मुस्लिम धर्मावलम्वीहरुले जनाएका थिए ।

र याे पनि काठमाडौं। कोरोना भाइरसको महामारी फैलिएपछि उत्तरी छिमेकी मुलक चीनबाट नेपालीहरुलाई शनिबार उद्धार गर्न वायु सेवा निगमको विमान चीनको वुहान पुगेको छ। हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई शनिबारै वायु सेवा निगमको वाइड बडी विमानले काठमाडौं ल्याउने छ। यसरी उद्धार गर्न लागिएका नेपालीहरुले सामाजिक सञ्जालमा केही तस्वीर, भिडियो शेयर गरेका छन्। सौरभ लुँइटेल नामका एक व्यक्तिले विमानस्थलमा बोर्डिङ पास लिन लागिएको भन्दै भिडियो पोस्ट गरेका छन्। उनले स्थानीय सयमअनुसार ८ बजेबाट लगेज हेल्थ जाँच हुँदै गरेकोसमेत बताएका छन्।

अर्का डा.जीतसिंह भण्डारीले पनि केही तस्वीर शेयर गरेका छन्। विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको छ। पहिलो चरणमा १८५ विद्यार्थी कसैलाई पनि संक्रमण देखिएको छैन। १८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन्। उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका हुन्। चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्। कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन्।

कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन्। १८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *