कोरोना संक्र मणका बेला देश छाड्ने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनकाे निर्णय

काठमाडौं, कोरोना भा इरस संक्र मणका कारण चीन छाडेर आफ्नो देश फर्कने विदेशी विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन्। चीनको स्कलरशीप काउ न्सिलले नोवेल कोरोना भाइरस संक्रम णका बेला चीनमै रहिरहने विद्यार्थी लाई मात्र छात्रवृत्तिमा निरन्तरता दिने बताएको छ। ‘चाइना स्कलरशीप काउन्सि लको गत बुधबारको बैठकले नोवेल कोरोना भाइ रस संक्र मणका बेला चीनमै बसिरहने विदेशी विद्यार्थीको छात्रवृत्तिको विषय सुल्झाएको छ,’ चीनको सरकारी पत्रिका चाइना डेलीले भनेको छ, ‘यो रोग फैलिइ रहँदा जो जो विद्यार्थी चीनमै रहेका छन् उनीहरुको छात्रवृत्तिलाई निरन्तरता दिने निर्णय भएको छ ।

यो रोगका कारण चीन छाड्ने विद्यार्थीहरुलाई अर्को सेमेष्टरका बेला भर्ना गरिनेछ।’ चाइना डेलीका अनुसार चीनमै रहेका विद्यार्थीले आउने ३० जुनमा हुने ग्रयाजुएसनका बेला डिग्री प्राप्त गर्नेछन् भने चीन छोडेका विद्यार्थीले अर्को वर्षको ३० जुनमा मात्र डि ग्री हासिल गर्नेछन्। कति विद्यार्थीले देश छाडेका छन् भन्ने निश्चि त सं ख्या र विवरण भने सोसम्बन्धी ब्यूरोबाट लिएपछि मात्र परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने चीनले जनाएको छ। काउन्सिलले २०२०–२०२१ का लागि छात्रवृत्तिमा अहिले भर्ना नगर्ने र त्यसबारे पछिमात्रै निर्णय गरिने बताएको छ।

यो निर्णयका कारण आइतबार स्वदेश फर्किने नेपाली विद्यार्थी प्रभावित हुने सियान मेडिकल युनिभर्सिटीस्थित चाइना–मेडिकल रिसर्च सेन्टरसँग आव द्ध डा राजीव झा बताउँछन्। ‘स्वदेश फर्केकामध्ये अन्तिम सेमेष्टरमा रहेका विद्यार्थी सबैभन्दा बढि प्रभावित हुनेछन् किनभने उनीहरुले डि ग्री हासिल गर्न अब अर्को वर्षको जुन ३० सम्म पर्खनुपर्ने हुनसक्छ। त्यसले गर्दा उनीहरुको एक वर्ष गुम्नेछ,’ झाले नेपालखबरसँग भने। अन्य विद्यार्थीहरुलाई पनि यो पछिल्लो निर्णयले छात्रवृत्ति लगायतका विषयमा प्रभाव पार्नेछ। चीनको काउन्सिलले यस्तो निर्णय गरेर त्यससम्बन्धी सूचना जारी गर्नुको मनसाय विदेशी विद्यार्थीले चीन नछाडुन भन्ने मनसाय रहेको झाले बताए।

आइतबार झिसमिसेमै काठमाडौं आइपुगेका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ। मध्य चीनको वुहानबाट कोरोनाभइ रस फैलि एपछि नेपाल, भारत लगायतका केही देशले चीनबाट विद्यार्थीसहित आफ्ना नागरिकलाई फिर्ता ल्याएका छन् भने पाकिस्तानले विद्यार्थीलाई नल्याउने निर्णय र घोष णा नै गरेको छ। ‘अरु धेरै मुलुकहरुले पनि विद्यार्थी चाहिँ लगेको पाइँदैन,’ झाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *