शर्मिला पाण्डेद्वारा केशव भट्टराईकी श्रीमतीलाई एक लाख सयोग

काठमाडौं । चलचित्र निर्मात्री शर्मिला पाण्डेले चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष स्वर्गीय केशव भट्टराईकी श्रीमतीलाई आर्थिक सहयोग गरेकी छिन् ।पाण्डेले आज एक लाख एक हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । “केशव दाइ (भट्टराई)को नि,ध,न भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परिवार चलाउन नै समस्या भएको थाहा पाएपछि सकेको सहयोग गरेको हुँ,” निर्मात्री पाण्डेले भनिन्, “चलचित्र क्षेत्रका हामी सबै जो जहाँ जस्तो अवस्थामा रहे पनि एकै हौं । एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ ।”

उनले जीवनभर चलचित्र क्षेत्रमा बिताएको व्यक्तिको परिवार दैनिक जिविको पार्जनमा नै समस्या परेको अवस्थामा सहयोग गरेर सहज वातावरण बनाइदिनु पर्नेमा जोड दिइन् ।चलचित्र विकास बोर्डको अध्यक्ष रहेकै बेला भट्टराईको यही मंसिर २९ गते निधन भएको थियो । उनका श्रीमती र एक छोरा छन् ।चलचित्र निर्मात्री शर्मिला पाण्डेको निर्माण रहेका चलचित्र आमा यही फागुन ९ गते रिलिज हुँदैछ । दीपेन्द्र के खनालको निर्देशन रहेको हस्पिटल ड्रामा आमामा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।

यो पनि ‘म यस्तो गीत गाउँछु २’ ‘आशिकी २’सँग मेल खादैनः सुदर्शन थापा

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । फागुणको ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको रोमान्टिक पोष्टरमा नायक पल शाह र नायिका पूजा शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ ।सुदर्शन थापाको निर्देशनमा तयार भएको सांगीतिक लभ

स्टोरी चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘आशिकी २’ जस्तो भनेर पनि प्रतिक्रिया दिइरहेका छन् ।

तर, चलचित्रको निर्माणपक्षले भने यो कुरालाई अस्विकार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका पूजा शर्माले ट्रेलर मात्र हेरेर चलचित्रलाई टिप्पणी नगर्न आग्रह गरेकी छिन् । यस्तै, निर्देशक सुदर्शन थापाले पनि चलचित्रको कथावस्तु बलिउड चलचित्र ‘आशिकी २’सँगै मेल नखाने स्पष्ट पारिसकेका छन् ।चलचित्रका लेखक शिवम् अधिकारीले त चलचित्रको कथा मिलेको खण्डमा आफूले चलचित्र क्षेत्रबाट नै सन्यास लिने उद्घोष गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *