रोशनी शाही प्रकरण : पुर्व सभामुख महराको आज अन्तिम फैसला आउँने

काठमाडौं । जिल्ला अदालत काठमाडौले क’रणीको अभियोगमा पुर्पक्षका लागि थु’नामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबार (आज) का लागि तोकेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो (आइतबार) सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनु भएको थियो । उहाँका अनुसार आज फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थु’नामा डिल्लीबजार का’रागा’रमा राखिएको छ ।

महराविरुद्ध क’रणी प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कै’द स’जाय माग गरिएको छ । एक महिला कर्मचारी (रोशनी शाही) लाई क’रणी प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *