नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा भिडियो हेर्नुहोस

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् ।आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।उनी शीर्ष २० भित्र परेका छन् ।

२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

https://www.facebook.com/watch/?v=231344964536387

शर्मिला पाण्डेद्वारा केशव भट्टराईकी श्रीमतीलाई एक लाख सयोग

काठमाडौं । चलचित्र निर्मात्री शर्मिला पाण्डेले चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष स्वर्गीय केशव भट्टराईकी श्रीमतीलाई आर्थिक सहयोग गरेकी छिन् ।पाण्डेले आज एक लाख एक हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । “केशव दाइ (भट्टराई)को निधन भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परिवार चलाउन नै समस्या भएको थाहा पाएपछि सकेको सहयोग गरेको हुँ,” निर्मात्री पाण्डेले भनिन्, “चलचित्र क्षेत्रका हामी सबै जो जहाँ जस्तो अवस्थामा रहे पनि एकै हौं । एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ ।”

उनले जीवनभर चलचित्र क्षेत्रमा बिताएको व्यक्तिको परिवार दैनिक जिविको पार्जनमा नै समस्या परेको अवस्थामा सहयोग गरेर सहज वातावरण बनाइदिनु पर्नेमा जोड दिइन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहेकै बेला भट्टराईको यही मंसिर २९ गते निधन भएको थियो । उनका श्रीमती र एक छोरा छन् ।चलचित्र निर्मात्री शर्मिला पाण्डेको निर्माण रहेका चलचित्र आमा यही फागुन ९ गते रिलिज हुँदैछ । दीपेन्द्र के खनालको निर्देशन रहेको हस्पिटल ड्रामा आमामा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *