‘मेरी आमालाइ जसरि पनि बचाइदिनु है अंकल,आन्टी’

हिन्दु धर्म मान्यता अनुसार चौरासी हजार जुनी पार गरेपछि मात्र मानिसको रुपमा हाम्रो जन्म हुन्छ । यति अमुल्य जिवन पाएर पनि यो जिवनमा आँशु मात्र पिउनु पर्यो भने त्यस्तो जिवनलाई के भन्ने ? पाँच वर्ष उमेर पनि नपुगेका स साना छोराछोरी छन् । आमा जिवनसंग संघर्ष गर्दै छन् । पारिवारिक आर्थिक अवस्था पनि आफै खर्च गरेर उपचार गर्न सक्ने छैन । श्रीमानले भारतमा गएर कमाएको मजदुरीको रकमले दुई छाक खान मात्र पनि पुग्दैन ।

पर्वत मोदी गाउँपालिका माझिखोला निवासी चिरञ्जीवि पौडेलको जिवनमा यस्तै विपद आएको छ । घरमा बृद्ध आमा, ५ वर्ष उमेर सम्म पनि नपुगेका तीन छोराछोरी, बस्ने राम्रो घर पनि छैन, मिठो खाने अवस्था पनि नभएपछि उनी जिवनलाई सहज बनाउन भारतमा मजदुरी गर्न जान्छन् । तर उनकोलागि दैव पनि निष्ठूरी भए । जिवन सहज होला भन्ने आश गरेर परिवार नै छोडेर भारत भासिएका उनलाई घरवाट नराम्रो खबर आयो ।

श्रीमती विरामी छन् भनेर आएको फोनले उनको मन त्यहँ लाग्दैन । त्यसैले उनी फर्केर नेपाल आए । उनले सामान्य रोग होला भन्ने ठानेका थिए तर वास्तविकता थाहा पाए उनी पनि झण्डै बेहोस भएनन् । उनको श्रीमतीको टाउकोमा ट्युमर देखिएको छ । काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले उनलाई तत्काल शल्यकृया गर्नुपर्ने सुझाव दिए ।

पहिलो शल्यकृया उनले साथीभाई र आफन्तसंग पैसा मागेर गरे । तर त्यो शल्यकृयाले पनि उनको रोग पुरा निको हुन पाएन त्यसैले थप उपचार गर्न पैसा नभएपछि घरमा लगेर श्रीमतीलाई राखेका छन् । उनले श्रीमती बचाई दिन उनले दुई हात जोडेर सबैसंग अपिल गरेका छन् । उनले आर्थिक सहयोग गरेर साना बाबु नानीहरुको भविष्य र छोराछोरीलाई आमा भन्ने बाटो नछुटोस् भन्ने चाहना पुरा गरिदिनु उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् । आमाको यस्तो अवस्था देखेर छोराले दुइ हात जोड्दै त्यहाँ पुगेका मान्छेसंग भन्छन्, ‘मेरी आमालाइ जसरि पनि बचाइदिनु है अंकल,आन्टी’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *