एकासी घटायो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।

नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। नेपाल आयल निगमल भारतको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन आयात गर्दै आएकोे छ ।

निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए। यसअघि निगमले २० माघमा पनि पेट्रोल र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । जसअनुसार अहिले पेट्रोल ११० र डिजेल तथा मट्टीतेल ९९ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *