न्यायमाग्न जादा मलाइ २५ दिन थुन्छु भन्छ प्रहरी, सबै नेपाली दिदिबहिनीले मलाइ बचाउनुस भन्दै मिडियामा

काठमाडौं । नक्कली सर्टिफिकेटको मुद्दामा निलम्बनमा परेका नेपाली सेनाका जर्नेल हेम खत्रीको दोस्रो पाटो पनि वाहिर आएको छ । उनले एक जना विवाहित महिलासंग १८ वर्ष अघि ज वरज स्ती विवाह गरेका थिए । माला शाह नाम गरेकी विवाहित दुई सन्तानको आमालाई ज ब रज स्ती विवाह गरेका खत्रीले मालालाई धोका दिएपछि यो कुरा बाहिर आएको हो ।

१८ वर्ष सम्म श्रीमान श्रीमतीका रुपमा एउटै कोठामा बसेका श्रीमान केही दिन यता सम्पर्क विहिन भएपछि माला न्याय खोज्दै मिडिया र प्रहरी कार्यालय पुगेकी थिइन् । उनले श्रीमान हेमले आफुलाई सार्वजनिक रुपमा स्वीकार नगरे भैसेपाटीस्थित उनको घरमा गएर बस्ने बताएकी थिइन् । त्यती भन्दा पनि हेम सम्पर्कमा नआएपछि भैसेपाटी पुगेकी मालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफुलाई प्रहरीले नियन्त्रणमा लिएपछि सबै महिलालाई सार्वजनिक अपिल गर्दै आफुलाई न्याय दिलाइदिन आग्रह गरेकी छन् ।

सामाजिक सञ्जल युट्युवमा उनले सार्वजनिक अपिल गर्दै भनेकी छन्, देशभरका महिला दिदीबहिनीहरु आज मलाइ यस्तो अन्याय भयो, मलाई न्याय दिलाउन सहयोग गर्नुहोस्, पहुँचको आधारमा म जस्ता थुप्रै महिला अन्यायमा पर्न सक्छन् मलाई तपाईहरुको सहयोगको खाँचो छ ।

खत्रीले जुबरजुस्ती आफ्नो छोरीसंग विवाह गरेपछि मालाको बुवा तनावमा थिए । जसका कारण मालाको वुवाको पनि निधन भएको छ । उनी काठमाडौंको रातो पुलमा कोठा भाडामा लिएर मालालाई राख्दै आएका थिए । उनी मालासंग श्रीमान श्रीमतीको सम्बन्धमा बसेको आफुहरुले देखेको छिमेकीले पनि बताएका छन् । नक्कली सर्टिफिकेटमा परेर वर्खास्तीमा परेका उनी आफ्नो पारिवारीक समस्यामा पनि परेका छन् ।

अहिले खत्रीले मालालाई आफ्नो श्रीमती होइन भनेपछि यो विषयले चर्चा पाएको हो । माला र खत्री बसेकै घरमा बस्ने अर्को महिलाले उनीहरुको सम्बन्धका बारेमा खुलाएकी छन् । भैसेपाटी पुगेकी उनलाई प्रहरीले केही बेर कार्यालयमै नियन्त्रणमा लिएर राखेको थियो । उनले आफु न्याय खोज्न जाँदा प्रहरीले उल्टै आफुलाई अन्याय गरेको बताइन् । १८ वर्ष संगै बसेका श्रीमानले उनलाई नागरिकता पनि बनाइदिएका छैनन् भने उनीहरुको विवाह दर्ता पनि भएको छैन । मालाले विवाह दर्ता गराउन र न्याय दिन आग्रह गर्दा हेम आफ्नो जेठी श्रीमतीसंग गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *