MCC खारेजीको माग गर्दै भोली नेपाल बन्दको घोषणा ।

काठमाडौ। केपी ओली नेतृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरेको हो । शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धो का दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्ति जारी गर्दै नेपाल ब न्दको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष केशवले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।

यस्तै एमसीसीको बिरुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।यस्तै विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *