‘४० लाख खाएर नाला किन नबनाएको’ भन्दै छोराले भिडियो खिचे, मेयरले उनका बुवालाई कु’ट पि’ट गर्दै शौचालयमा थुने

काठमाडौं, ६ फागुन । एक वर्ष अघि निर्माण सम्पन्न गर्ने प्रतिवद्धता साहित ४० लाख रुपैया बुझ्ने । तर बनाउनु त कहाँ हो कहाँ किन निर्माण भएन भनेर सोध्न गएका सर्वसाधारणलाई मेयरले नै कु ट पि ट गरी शौचालयमा थु ने पछि गढीमाई नगरपालिकामा त्यसले वि वा दको रुप लिएको छ । एक वर्ष देखि गुनासो गर्दा गर्दा हाजित भएका स्थानियले लापरवाहीको भिडियो सार्वजनिक गरेपछि मेयरले भिडियो सार्वजनिक गर्नेका बृद्ध बुवालाई कु ट पि ट गरी शौचालयमा थुनिदिएका छन् । कुरा हो बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवको ।

महागढीमाई नगरपालिका २ बरियारपुरका मुकेशका बुबा ५५ वर्षीय महेन्द्र भन्ने हरेन्द्र महतोलाई मेयर यादवले सोमबार गाली तथा कु ट पि ट गर्दै आधा घण्टा नगरपालिकाको शौचालयमा थुनेको पीडितले आ रोप लगाएका छन्। नगरपालिकाकै सवइन्जिनियर श्याम जयसवालले आफ्नै नेतृत्वमा उपभोक्ता समिति गठन गरी ४० लाखमा नाला बनाउने जिम्मा लिएका छन।

गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने काम सम्पन्न भएन । ४० लाख बजेट निकासा गरेपनि नाला अधुरै छाडेपछि पानी जम्ने र आफुहरुले स म स्या पाउने गरेको मेयर यादवलाई मुकेशले पटक-पटक गुनासो गरेपछि आजित भएर सोमबार बिहान मेयर नाला निरीक्षण गर्न पुगेका थिए। त्यती बेला उनले मेयरसंग प्रतिकृया लिन खोज्दा उनको क्यामेरा खोस्ने प्रयास भयो । मेयरले ‘यो काम किनारा लगाउन सक्दिन’ भन्ने जवाफ दिएका थिए । त्यसको निकै छोटो भिडियो मुकेशका साथीले सामाजिक सञ्जालमा हालेका थिए ।

त्यो भिडियो हेरेपछि मुकेशलाई खोज्दै गएका नगरप्रहरीले उनलाइ फेला नपारेपछि खेतमा पानी सिंचाइ गरिरहेका महतोलाई नगरपालिका लिएर गए । मेयरको निर्देशनमा नगरप्रहरीले ज ब र ज स्ती मोटरसाइकलमा राखेर नगरपालिका पुर्याइएका उनलाई मेयरले कु ट पि ट गर्दै शौचालयमा थुनिदिए ।नगरपालिकामा लगेपछि मेयर यादवले उनलाई ‘छोरा कहाँ छ’ भनेर सोध्दै तथानाम गा ली ग लौ ज गर्दै गालामा एक झा पड हि र्का एको’ उनले सुनाए।

मेयरले आफुले लगाएको जुत्ता महतोका टाउकोमा राखे अपमान गरेका थिए । त्यसपछि मलाई एक झा पड गालामा हि र्का ए र नगरपालिकाको चर्पीमा लगेर थुनिदिए । छोरालाई उपस्थित गराउने सर्तमा उनलाई सोमवार साँझ छोडिएको छ । नगरपालिकावाट घर लिएर गएका मेयरले आफ्नो घरमा पनि महतोलाई नि य न्त्र ण मा राखेको पी डि तको भनाई छ । विनाकारण आफ्नो बुवालाई दु व्र्य व हार गर्ने मेयर यादवमाथि का र बा ही हुनुपर्ने मुकेशले बताए। न्यायका लागि आफू प्रशासन जाने समेत उनले बताएका छन्।

५ सेकेण्डको त्यो भिडियो ‘एकजना स्थानीय भाईले समाजिक सञ्जालमा हालेको’ उनको भनाई छ। यता मेयरले भने मुकेशलाई कुनै पनि हालतमा नछोड्ने र का र वा ही गर्ने चे ता व नी दिएका छन् । उनले मुकेशको बुवालाई सोधपुछका लागि नगरपालिका बोलाएको तर कु ट पि ट भने नगरेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *