अब भारतको विमानस्थलवाट नेपालीहरु मध्यपूर्वका यि देशमा उड्न नपाइने

काठमाण्डौ, ६ फागुन । नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, यूएई लगायत मध्यपूर्वका ९ देशमा उड्न नपाउने भएका छन् । खुला सिमानाको प्रयोग गरी गैरकानुनी काम समेत हुने भएकाले त्यसलाई रोक्न यस्तो नियम लगाइएको हो । मानव त स्क री समेत हुने गरेकाले स्थलमार्ग भएर भारत हुँदै त्यहाँबाट मध्यपूर्वका ९ देशमा उड्न नपाइने भारतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लिएका नेपालीक‍ो दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ भएमा भने त्यसका लागि कुनै वाधा हुने छैन । साथै मध्यपूर्वका ९ देशबाहेक अरु देशमा जानका लागि पासपोर्टमा भारत प्रवेश गरेको छाप भारतीय अध्यागमनले लगाएको हुनुपर्छ । खुला सिमानाक‍ो दुरुपयोग गर्दै मानव त स्करी हुने भन्दै दूतावासले अध्यागमन विभागलाई पनि स्थलमार्गबाट भारत जाने नेपाली नागरिकलाई त्यहाँबाट जहाज चढ्दा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।

नेपालले प्रस्थान छाप नलगाएको पासपोर्टमा भारतले पनि आगमन छाप नलगाउने हुँदा उनीहरुलाई भारतीय विमानस्थल प्रयोग गरी उड्न अनुमति दिइने छैन । साथै स्थलमार्गबाट भारत प्रवेश गरी तेस्रो देश जान खोज्दा हुन सक्ने स म स्याबाट बच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले सबै नेपालीलाई आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *